अन्तर्राष्ट्रिय मानब अधिकार संगठन द्वारा ३ मानब अधिकारकर्मीहरु सम्मानित

|

भारतमा रहेको अन्तर्राष्ट्रिय मानब अधिकार संगठनले १० औ अन्तर्राष्ट्रिय मानव अधिकार पुरष्कार २०२० को अवसर पारि बिभिन्न देशका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

यसै क्रममा नेपालबाट ३ मानब अधिकारकर्मीहरुलाई सम्मानको लागि छनौट गरेको छ ।

विभिन्न कार्यबाट नेपाली समाजलाई योगदान पुराउदै आउनु भएका क्याप्टेन विजय लामालाई ग्लोबल युथ फर पिस एण्ड ह्युमानिटि अवार्ड २०२०,लिली थापालाई अन्तर्राष्ट्रिय साहसी महिला २०२० बाट सम्मानित गरेको छ।

उक्त पुरस्कार मानव अधिकार परिषदको सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो।

यो व्यक्ति, विश्व शान्ति नेताहरू,व्यवसाय नेता, संस्था,संगठनहरूलाई जसले मानवअधिकार र मानवतामा सेवाको संरक्षण र प्रबर्द्धनको लडाईमा असाधारण नेतृत्व देखाउँदछ उसलाई प्रदान गरिन्छ ।

यसै गरि अन्य मुलुकबाट विभिन्न व्यक्तिहरुको चयन संगै
अपरा थापा भट्टराईलाइ जूरी(निर्णायक समिति) सदस्यमा चयन गरिएको छ ।

२०७७ मंसिर २५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।