मंसिर २९ मा देशभर प्रदर्शन गर्ने कांग्रेसको तयारी : विश्वप्रकाश शर्मा

|

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारकाविरुद्ध मंसिर २९ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार बैठकमा क्रियाशील सदस्य र जनसम्पर्क समितिका विषयमा पनि जरुरी छलफल भएको छ ।

पूर्वपदाधिकारीसहितको कांग्रेस बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

यस्तै कांग्रेसले मोरङमा भएको शिक्षक हत्याको विरोध गरेको छ ।

शिक्षक हत्याको विरोध गर्दै कांग्रेसले हत्यामा संलग्नलाई कडा कारबाहीको माग पनि गरेको छ ।विप्लव समुहलाई व्यक्तिहत्याको बाटो त्यागेर शान्तिपूर्ण मार्गमा आउन आग्रह पनि गरेका छ ।

२०७७ मंसिर २५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।