पुर्व सांसद कमान सिहं लामाको निधन

|

वामपन्थि नेता तथा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको दुखद निधन भएको छ ।
मृगौलासम्बन्धि बिरामी रहि लामो समयदेखि उपचार गर्दै आएका लामालाई केही समययता कोरोना पोजेटिभ देखिएको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत हुनुहुन्थ्यो ।
लामा काभ्रे जिल्लाबाट संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालमा सांसद निर्वाचित लामा दक्षिण कोरियाका लागि राजदूत समेत भएका थिए ।

उहाँको बुधबार राति १० बजे निधन भएको अस्पतालले जनाएको छ। लामा मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो।

यस दुखद घडिमा अमेरिका स्थित तामाङ सोसाइटी अफ नर्थ अमेरिका , तामाङ सोसाइटी अमेरिका लगायत शुभचिन्तक हरि सबैले एक अभिभावक गुमायौ भन्दै शोकाकुल परिवार प्रति हार्दिक समबेदना प्रकट गरिरहेका छन् ।

२०७७ मंसिर २५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।