जुम्ला / प्लान ईन्टरनेशनलको सहयोगमा आत्म सम्मानका लागि सहकार्य ( क्याड) नेपाल, जुम्लाले जिल्लाको हिमा सिजा र कनकासुन्दरी गाउपालिकामा संचालित बाल छिटो तथा जबरजस्ति बिबाह न्युुनिकरण परियोजना अन्तरगत सिजा गाउपालिका १,२,र ३ वडामा जोखिममा रहेको बालबालिकाहरुको लागि शैक्षिक सामाग्री बितरण गरेको छ । जसमा छात्रा १६ र छात्र २५ गरि जम्मा ४१ जना बालबालिकाको सहभागिता रहेको थियो ।
बितरण गरिएको शैक्षिक सामाग्रीहरुमा कापी, डटपेन झोला , डिक्सनरी र ज्यामिती बक्स समाबेश गरिएको थियो । शैक्षिक समाग्री बितरण कार्यक्रममा आत्म सम्मानका लागि सहकार्य क्याड नेपालको कार्यकारी निर्देशक धन बहादुर गौतम, सिजा गाउपालिका वडा न १,२ र ३ का वडा अध्यक्ष रण बहादुर रोकाया, नबिन्द्रराज शर्मा , तिलाचन्द्र चौलागाई र सिजा गाउँपालिका शिक्षा शाखा प्रमुख भिम रोकायाको उपस्थिती रहेको थियो ।
कार्यक्रम सिजा गाउपालिकाको कार्यालय प्राङ्गणमा संचालन गरिएको थियो । यस कार्यले जोखिममा रहेको बाल बालिकाहरुको पढाईमा निरन्तरता हुनुको साथै अभिभाबकहरुलाई आर्थिक बोझ कम हुने क्याड नेपालका परियोजना संयोजक सोमराज जिसीले बताउनुभयो । सो कार्यक्रममा स्थानीय अभिभावक तथा शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।