म्याग्देली युवा आवाज र नेपाल युवा परिषदको सक्रियतामा डेगुं प्रभावितलाई झुल बितरण

|

म्याग्दी / विश्व कोरोना भाईरससगं जुधिरहेका बेला नेपालको विभिन्न जिल्लामा देखिएको डेगु संंक्रमण कम गर्न बेनीका युवाहरुले सक्रियता देखाएका छन् । गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पछिल्लो समय डेगुंका संक्रमित भेटिन थालेपछि म्याग्देली युवा आवाज अभियानको आर्थिक सहयोग,नेपाल युवा परिषद म्याग्दीको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालयको स्विकृतीमा बेनी नगरपालिका, मंगला गाउँपालिकामा बसोबास गर्ने स्थानियलाई झुल वितरण गरिएको छ ।

विश्व स्वास्थ्य सगंठनको मापदण्ड अनुसार डेगुं प्रभावित क्षेत्रमा नेपाल युवा परिषदका जिल्ला अध्यक्ष छबि आर्चाय र सामाजिक सञ्जालमा म्याग्देली युवा आवाज नामक पेजको टोली सहितले १५० थान झुल वितरण गरेको हो । डेगुं प्रभावित क्षेत्रमा जनचेतना फैलाउनुका साथै कोरोना भाईरसको संक्रमणबाट जोगीन ५ सय मास्क समेत वितरण गरिएको नेपाल युवा परिषद जिल्ला म्याग्दीका अध्यक्ष छबि आर्चाय आर्चायले द वर्ल्ड नेपाल नेपाल न्युजलाई जानकारी दिनुभएको छ ।

२०७७ जेष्ठ २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।