बाइडेनद्वारा महामारीको बिरूद्ध लड्ने योजना सहित डा.एन्थोनी फौसी सहितको टोली घोषणा

|

निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस महामारीको बिरूद्ध लड्ने तीन बुँदे योजना तय गरेका छन् ।

उनले डिसेम्बर ८ मंगलबारका दिन उक्त योजना बारेमा बताउदै कोरोना बिरुद्ध काम गर्ने स्वास्थ्य टोलीको समेत परिचय समेत गराएका छन् ।

उनको योजना अनुसार कम्तिमा १० करोड अमेरिकीहरूलाई आफू कार्यालयको बसेको पहिलो १०० दिनमा खोप लिन लगाउने बताए ।

उनले कार्यालयमा बसेको पहिलो दिन मै अमेरिकीहरुलाई मुखावरण (मास्क ) लगाउन सम्बन्धि जनादेशमा हस्ताक्षर गर्ने वाचा गरेका थिए ।

बालबालिकाहरूलाई सुरक्षित बिद्यालय ल्याउन उनको प्रयास हुने र साथै कोरोनाभाएरस खोपको ढुवानीलाई प्राथमिकता दिने रहेको उनले बताए ।

मेरो पहिलो १०० दिन कोभिड भाइरस समाप्त हुँदैन। म त्यो प्रतिज्ञा गर्न सक्दिन,बाईडेनले डेलावेयरको विलमिंगटनमा आयोजित कार्यक्रममा अमेरिकनहरुलाई सम्बोधन गर्ने क्रममा भने।

तर हामी यस गडबडीमा द्रुत रूपमा प्रवेश गर्न सकेनौं, हामी यसबाट द्रुत रूपमा बाहिर जान सक्दैनौं, यसले केहि समय लिने छ। तर म पूर्ण विश्वस्त छु कि १०० दिनमा हामी रोगको मार्ग बदल्न सक्छौं र परिवर्तन गर्न सक्दछौं,अमेरिकामा राम्रोको लागि उनले थपे ।

साथै जेफ जेन्ट्स,नेटाली क्विलियन ,म्यासाचुसेट्स जनरल अस्पतालका संक्रामक रोग प्रभागका प्रमुख डा रोशेल वालेन्स्की, सीडीसीका निर्देशकको रूपमा र बाइडेनको संक्रमण टोलीका सह-अध्यक्ष डा मार्सेला नुनेज स्मिथलाई मनोनित गरेका छन् ।

साथै बाइडेनले कोरोना भाइरस बिरुद्ध लड्ने आफ्नो टोलिहरुमा डा एन्थोनी फौसी,क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेसेरालाई स्वास्थ्य तथा मानव सेवा सचिव र अमेरिकी सर्जन जनरल चिकित्सक विवेक मूर्तिलाई सर्जन जनरलका लागि मनोनीत गरेका छन् ।

श्रोत : सिएनएन

२०७७ मंसिर २३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।