कोभिड -१९ महामारी(टास्क फोर्स) २०२० ले गरेका उपलब्धि हरु

|

१) हामी नेपालीले क्वारेन्टाईनमा रहेका हिंसा पिडित महिलाहरुको लागि २०७७ साल साउन १५ गते स्वास्थ्य सामाग्री वितरण :

हामी नेपाली ग्लोबल अन्तर्गत विभिन्न राष्ट्र अमेरिका ,जर्मनी, पोल्याण्ड, हामी नेपाली नेपालको आर्थिक सहयोगमा हामी नेपाली नेपाल संस्थाले कोभिड-१९ को संक्रमण हुनबाट सुरक्षित रहन नेपाल स्थित गुलरिया ४ कोटही मा. बि. मा रहेको क्वारेण्टाईनमा रहेका ६० जना महिलाहरुलाई अति-आवश्यक व्यक्तिगत सरसफाईका सामाग्री,मास्क, सेनिटाईजर, जुत्ता,कपडा लगाएतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको थियो ।

विश्व ब्यापी रुपमा फैलीएको कोरोना भाईंरस कोभिड १९ को विषम परिस्थतीमा क्वारेनटाईनमा रहेका महिलाहरुलाई लक्षित गरि महिलाहरुलाई आबश्यकिय सामाग्रीहरु हामी नेपाली नेपाल राष्ट्रीय समितिका उपाध्यक्ष उमा तमांङको उपस्थितिमा बितरण गरिएको थियो ।

२ ) हामी नेपाली ग्लोबल मलेसिया राष्ट्रिय समितिको संयोजकत्वमा र विभिन्न संघसंस्था हरुको सहकार्यमा मृगौला पीडित लाई सहयोग :

विगत ३ वर्ष देखि दुवै मृगौला फेल भई जीवन मरणको दोशादमा रहेका काभ्रे चौरीदेउराली गाऊपालिका वार्ड नं ९ बस्ने ४३ को फुर्बा दोर्ज़े तमाङ थोकरलाई हामी नेपाली ग्लोबल, अमेरिकाबाट २०,००० (बीस हजार) हामी नेपाली मलेसिया राष्ट्रीय समिति र बिभिन्न संघ सस्था सहयोगी मनकारी ब्यक्तिहरुबाट बाट १ ,५३ ,४९७ /- (एक लाख त्रिपन्ना हजार चार सय सन्तनब्बे ) गरी जम्मा १,७३,४९७ (एक लाख तिरत्तर हजार चार सय सन्तनब्बे) आर्थिक सहयोग गरेको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको प्रवक्ता तथा वडा नम्बर ८ का वडाध्यक्ष मनोज कुमार ढुंगाना, हामी नेपाली ग्लोबल प्रनिनिधिको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो।

३) हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरियाद्वारा बाढि पहिरो पीडितलाई राहत सहयोग :

हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरिया शाखाले संयुक्त रुपमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीका पहिरो पीडितहरूलाई आज सेलाङस्थित बाँसखर्कमा पुगेर राहत वितरण गरेका हुन् ।

प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ घरधुरीलाई प्रति परिवार ६,०००(छ हजार )रूपैयाँको दरले वितरण गरिएको थियो।

सो अवसरमा पूर्ण रूपमा घरबारीमा क्षति भएका १८ घरधुरीलाई ४,००० (चार हजार) रूपैयाँको दरले हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरिया शाखाले राहत उपलब्ध गराएको थियो ।

४) हामी नेपाली ग्लोबलबाट खाद्यान्न सामाग्री वितरण :

हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रीय संस्था र रोटरी क्लब अफ न्यूयोर्क, संयुक्त राज्य अमेरिका तथा रोटरी क्लब महाराजगंजको सहयोगमा खाद्यान्न सामग्रिहरु वितरण गरेको थिए ।

यसै सन्दर्भ मा जो ब्यक्ति दैनिक ज़्यालादारी काम गरि आफु र आफ़्नो परिवारको गुजरा गर्न मुश्किल भएका ५६ घरपरिवारलाई नेपाली रू २,००० (दुई हजार )बराबरको खाद्य लगायत विभिन्न सामग्रीहरु वितरण गरिएको थियो ।

५) हामी नेपाली ग्लोबलद्वारा न्यूयोर्कमा मास्क वितरण:

न्युयोर्क- विश्वभरी महामारी रोगको रुपमा फैलिएको कोरोना भाईरस् COVID-19) को सङ्क्रमणबाट बँच्नका लागि हामी नेपाली ग्लोबलले न्यूयोर्कमा रहेका नेपालीहरुलाई मास्क वितरण गरेको थियो ।
सो वितरण कार्यक्रममा हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, उपध्यक्ष नवराज केसी, शोभाकान्त पाण्डे,पवित्रा परासर लगायतको सहयोगमा जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष आनन्द बिष्टलाई ४०० थान, NRNNCC NY chapter का अध्यक्ष रामहरि अधिकारी – ३०० थान, New Jersey Area का दिपक परियार लाई- ३०० थान गरी १००० थान मास्क हस्तान्तरण गरिएको थिए ।

६) गोरखा स्थित अजिरकोट गाऊपालिका ३ की वडा सदस्य सुकमाया सार्कीको दुईवटै मृगौला पिडितलाई आर्थिक सहयोग:

अजीरकोट गाऊपलीका की उपाध्यक्ष चन्द्र माया गुरुंङक़ो पहलमा अन्तराष्ट्रीय संस्था हामी नेपाली ग्लोबलले नगद रू.५० हजार सहयोग वितरण गरिएको छ ।

हाल बिरामीको चितवन क्यान्सर अस्पतालमा हाल डाईलासिस गरिरहेको र दैनिक नेपाली १० हजार रुपैयाँ भन्दा बढि खर्चको भैरहेको छ ।
बिरामीको मृगौलाप्रत्यारोपन गर्न लाखौ रकम आबश्यक पर्ने भएपछि उनलाई बचाउन सम्पूर्ण विदेश तथा स्वदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई आह्वान गरेका छन् ।

अन्त्यमा हामीलाई यस अभियान मा जोडिएर मानविय सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्था लगायत सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
धन्यवाद !

टेक  वाईवा लामा
संयोजक  (अन्तर्राष्ट्रीय समिति)
कोभिड- १९  महामारी (टास्क फोर्स) २०२०
उपाध्यक्ष -हामी नेपाली ग्लोबल
अन्तर्राष्ट्रीय संघ

२०७७ मंसिर २३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।