बालुवाटारमा सर्वदलीय बैठक सुरू

|

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति रहेको छ।

पछिल्लो समय सडकमा राजतन्त्र र हिन्दू राज्यको पुनर्स्थापनाको माग गर्दै भइरहेको आन्दोलनलाई लिएर गणतन्त्र पक्षधर दलहरुको साझा धारणा बनाउन प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्नु भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिका विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बैठकमा बोलाउनु भएको हो ।

२०७७ मंसिर २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।