
कृषि कानुनको विरोधमा आज भारत बन्द आह्वान गरिएको छ । १३ दिनदेखि आन्दोलनरत किसानहरुको आह्वानमा आज भारत बन्द आह्वान गरिएको हो ।
किसानहरुले राजधानी दिल्लीमा विशाल प्रदर्शन गर्दैछन् । भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्ने बताउनु भएको छ ।
किसान संगठनले आह्वान गरेको भारत बन्द आन्दोलनमा २४ वटा राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।
किसानको आन्दोलनमा समर्थन जनाएका राजनीतिक दललाई किसानहरुले आन्दोलनलाई राजनीतिक रुपमा प्रयोग नगर्न अपिल गरेका छन् ।