
नेपाल लगायत एल साल्भाडोर, हैटी, निकारागुवा, सुडान र होण्डुरसको अस्थायी बसोबास दर्जा (टिपिएस) नौ महिना थपिने भएको छ ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बुधबार औपचारिक सुचना प्रकासित गरी टिपिएसको अवधी थपिएको जानकारी दिने तयारी गरेको छ ।
नोभेम्बर ३०, २०२० मा नाईन्थ सर्किट कोर्टको निर्णय पुर्नविचार गर्न पूर्ण ईजालसको माग गर्दै अपिल परेपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टिपिएसको म्याद नौ महिना थप्ने निर्णय गरेको हो ।
गत वर्ष डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी टिपिएसको अवधी जनवरी ४, २०२१ सम्मको लागि थपेको थियो ।
करिब ३ बर्ष अघि नेपालमा भएको महाभुकम्प पछिको परिस्थतीलाई मध्यनजर गर्दै अमेरिकामा रहेका नेपालीलाई टिपिएस प्रदान गरेको थियो ।
नाईन्थ सर्किट कोर्टबाट एल साल्भाडोर, हैटी, निकारागुवा, सुडानको टिपिएस सम्वन्धि मुद्दाको फैसला ट्रम्प प्रशासनको पक्षमा सेप्टेम्बर १४, २०२० मा भएको थियो ।
एकै प्रकृतिको भएकोले यसै मुद्दासंग नेपाल र होण्डुरसको मुद्दापनि समावेस थियो ।
Federal Register Notice (FRN – टिपिएस बारे सरकारको आधिकारिक सुचना) को पूर्व सुचना आज प्रकाशित गरिएको छ। यसको अन्तिम संस्करण भने डिसेम्बर ९ मा प्रकाशित हुनेछ।
सो सुचना अनुसार, DHS ले एल साल्भाडोर, हैटी, निकारागुवा, सुडान, होन्डुरस, र नेपालले पाएको टिपिएस को दर्जाको हालको म्याद जनवरी ४, २०२१ देखि अक्टुबर ४, २०२१ सम्म लागु हुने गरि स्वत: लम्ब्याएको छ।
टिपिएसको सुबिधा प्राप्त बिदेशी नागरीकहरुले तोकिदिएको समय सम्म अमेरिकामा अस्थाई रुपमा बसोबास र रोजगारी गर्न पाउदछ्न र टिपिएसको तोकिएको समय सकिएपछी सबैले आ आफ्नो पुरानो स्टाटसमा फर्कनु पर्दछ।
टिपिएसको म्याद नौ महिना थपिए पछि टिपिएसबाट प्राप्त वर्क परमिट (ईम्प्लोयमेन्ट अथोराईजेसन डकुमेन्ट) स्वतः नविकरण भएको मानिने छ र साथै अब नेपाल लगायत ५ देशको टिपिएस सन् २०२१ को अक्टोबर ४ सम्म बहाल रहनेछ ।