नेपाली अमेरीकन समुदायको उन्नती, विकास र पहिचान स्थापितमा साथ दिनेछु : एरिक एडम्स

|

नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको आयोजनमा ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक एडम्स संग meet & greet डिसेम्बर ६,का दिन फिप्नाको अफिसमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड- १९ को बढ्दो अवस्थामा पनि समुदायसंगको सेवामा सधै लागीरहने संस्था फिप्नासंग वर्तमान सन्दर्भमा आईरहेको विभिन्न समस्याहरूलाई कसरी सामुहिकरूपमा समाधान गर्ने विषयमा विशेष छलफल भएको थियो ।

औपचारिक भेटघाट कार्यक्रममा ‘ नेपाली अमेरीकन समुदायको उन्नती, विकास र पहिचान स्थापित गराउनेमा सधै आफू साथमा रहेको बताउनुभयो ।

कार्यक्रममा फिप्नाका अध्यक्ष लोक चेम्जोङले संस्थाको तर्फबाट नेपाली आदिवासी सांस्कृतिक अध्ययन केन्द्र स्थापना , सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग, लगायत ६ बुदे प्रस्तावना पत्र बुझाएको थियो ।

सो विषयमा जबाफ दिदै भन्नुभयो मैले सक्ने सबै प्रकारको सहयोग गर्ने छु , साथै विभिन्न सरकारी तहबाट पाईने सेवा सुविधाहरूको बारेमा पनि म सहयोग गर्नेछु हाल बोरो प्रेशिडेन्ट रहेका एरिक आडम न्यूयोर्क शहरको मेयरको सशक्त उम्मेद्वार पनि हुन् ।

आगामी २०२१ मा हुने निर्वाचनमा डेमोक्रेटिकको तर्फबाट उम्मेद्वार बन्ने पक्का छ ।

डेमोक्रेटहरूको अत्याधिक मत रहेको न्यूयोर्कमा प्राइमरीमा जितेर टिकट पाएमा मेयर बन्ने पक्का छ ।

२०७७ मंसिर २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।