सामाजिक संघसंस्थाहरुले स्थानीय तहसँग समन्वय गरि कार्यक्रम गर्नु पर्नेमा जोड

|

खजुरा / खजुराका स्थानीय जनप्रतिनिधिले लागु औषध र बाल विवाह रोक्न सामाजिक संघसंस्थाको सहकार्य र समन्वय हुन अत्यन्तै जरुरी रहेको बताएका छन् । “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्वताः व्यक्ति ,समाज र सबैको एक्यबद्वता” मुलको नाराको साथ लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियानको अवसरमा खजुरा गाउँपालिका, महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समुह (बि–ग्रुप), जनजागरण समाज, स्याक नेपाल, बाँके युनेस्को क्लब र बिभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा “खजुरा गाउँपालिकामा कार्यरत संघसंस्था र जनप्रतिनिधि विच अन्तरक्रिया कार्यक्रम” मा सो कुरा बताएका हुन् ।

सो कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले समाजमा रहेका विभिन्न विकृति र विसंगतिहरुलाई मेटाउनको लागि सम्पुर्ण सरोकारवाला निकाय विच सहकार्य गरि अघि बढ्नु पर्ने बताउनुभयो । साथै उहाँले सामाजिक संघसंस्थाको समाजमा परिवर्तन गर्नमा अहम भुमिका हुने बताउनुभयो ।

सो कार्यक्रममा बि–ग्रुपका निर्देशक डम्मर सुनार, स्याक नेपालका कार्यक्रम संयोजक जगदिश थापा , बाँके युनेस्को क्लबका शंकर चौधरी, जनजागरण समाजका राम नरेश प्रजापतिले आ–आफनो संस्थाले गरिरहेका कार्यक्रम र परियोजना बारेमा प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा महिला शाखा प्रमुख सुशिला न्यौपाने लैङ्गिक हिंसा बारे प्रस्तुतीकरण गर्नुभएको थियो । सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सामाजिक संघ–संस्थाका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

२०७७ मंसिर २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।