कालीकोटकी नन्दासँग रमेश प्रसाईको लगनगाँठो

|

सुनसरी । गायक रमेश प्रसाईले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका छन् । धरान नगरपालिका वडा नं १ मा आयोजित वैवाहिक कार्यक्रममा उनीहरु दुबैपट्टिका नजिकका आफन्त र केही सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

उनले आफ्नो मौलिक परम्परा अनुसार विवाह गरेका हुन् । तीन वर्षदेखि प्रेममा रहेका दुबै शारीरिक रुपमा भने देख्न सक्दैनन् । नन्दा राजधानीमा बालआश्रम चलाउँदै आएकी छन् भने रमेश इन्द्रेणीमा पनि आवद्ध छन् ।

राजनीतिक टिप्पणी र सामाजिक विकृति विसंगतिमा चोटिलो प्रहार गर्ने रमेश विगत केही वर्षयता चर्चामा रहेका छन् । पछिल्लो पटक ‘रिंकेबुङको राँगो’ गीतले पनि उनलाई झनै चर्चाको शिखरमा पुर्याएको छ ।

२०७७ मंसिर २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।