प्रधानमन्त्री ओलीद्वारा भोलि मंगलबार सर्वदलीय बैठक आह्वान

|

सर्वदलीय बैठक भोलि बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । सो बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भोलि मंगलबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

कोरोनाको संक्रमण र गणतन्त्रविरोधी तत्वहरु सलबलाइरहेको अवस्थामा प्रधानमन्त्रीले सबै दललाई राखेर छलफल गर्न लाग्नु भएको बताइएको छ ।

प्रधानमन्त्रले सो बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई डाकिएको छ ।

२०७७ मंसिर २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।