बि–ग्रुपद्धारा माक्स, सेनिटाईजर र ग्लोब्स हस्तान्तरण

|

नेपालगन्ज / १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस नेपालगन्जमा पनि मनाईएको छ । नेपालगन्ज उपमहानगरपालिकाले दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकालाई सम्मान गरेको छ । सो कार्यक्रममा भेरी वातावरणीय विशिष्टता समुह(बि–ग्रुप) बाँकेले स्वयंमसेविकाका लागि १ लाख ९७ हजार १६९ रुपैया मुल्यको माक्स, सेनिटाईजर र ग्लोब्स नेपालगन्ज उपमहानगरपालिका २३ वटै वडाका महिला स्वयंमसेविकाको ब्यक्तिगत सुरक्षा सामग्री सहयोग हस्तान्तरण गरेको बि–ग्रुप, बाँकेका कार्यक्रम संयोजक टेक बहादुर सुनारले जानकारी दिनुभयो ।
शनिबार आयोजित कार्यक्रममा २३ जनालाई सम्मान गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द लगायतले स्वयम सेविकाहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरि सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका नगर समितिका अध्यक्ष मनकुमारी सिलवाल, अगुवा महिला स्वयमसेविका नारायणी रुपाखेती लगायतले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि आफुहरुको महत्वपूर्ण भूमिका भएपनि सेवा सुविधा र प्रोत्साहन नपाउँदा दुःख लाग्ने गरेको बताउनुभयो ।

सो अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले स्वयमसेविकाहरुले नगरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुको सेवा, सुविधा विस्तार तथा सम्मानका लागि आफुहरु प्रयासरत रहेको बताउनुभयो ।

२०७७ मंसिर २०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।