रुकुम पश्चिमको घटनाप्रति तरुण दल र नेविसंघ बुद्धभूमिको विरोध

|

कपिलवस्तु / रुकुम पश्चिममा भएको नवराज विक लगायतको हत्याको विरोधमा बुधबार कपिलवस्तुको बुद्धभुमिमा तरुण दल र नेविसंघ उत्रिएको छ । तरुण र नेविसंघका नेताहरुले सरकारसंग दोषिलाई कडा सजाएको माग गर्दै सडकमा उत्रिएका हुन् । गोरुसिंगे सर्पदशं उपचार केन्द्रको अगाडीबाट सुरु भएको प्ले कार्डसहितको र्‍याली गौतमबुद्ध क्याम्पस चोक पुगेर पुनः फर्कि कोणसभामा परिणत भएको नेविसंघका कल्याण खनालले बताए ।प्रर्दशनका क्रममा नेताहरुले दोषिलाई कारबाही गर, पीडितलाई न्याय दे, जातीय विभेद अन्त्य गरौं, घटनाको सत्य तथ्य निष्पक्ष छानवीन गर, घटनालाई राजनीति गन्ध दिन पाईदैन, सामाजिक सद्भाव कायम गरौं लेखेका प्ले कार्ड बोकेका थिए ।

दीपेन्द्र सिंहको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता अनिल कुमार घिमिरे, दधिराम न्यौपाने, बालकृष्ण बेल्वासे, दलित नेता रामदेव पासी, डम्बर सिंह सुनार, नेविसंघका नेता रुपक खनाल लगायतले बोल्दै घटनाको निष्पक्ष छानविनको माग गरेका हुन् ।कार्यक्रमको सञ्चालन नेविसंघका बुद्धभूमि नगर सभापति अच्युत अर्यालले गर्नुभएको थियो ।यो घटना विरुद्ध देशभर भई रहेका विरोधका बीच कपिलवस्तुमा विभिन्न स्थानमा दिनहु यस्तै कार्यक्रम भई रहेका छन ।

२०७७ जेष्ठ २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।