खजुरामा लैङ्गिकता सम्बन्धि २ दिने तालिम सम्पन्न

|

खजुरा / खजुराका महिला स्वयंसेविका तथा किशोर किशोरीहरुले समाजमा हुने लैङ्गिक हिंसा रोक्ने प्रतिबद्वता जनाएका छन् । “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्वताः व्यक्ति ,समाज र सबैको एक्यबद्वता” मुलको नाराको साथ लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियानको अवसरमा भेरी वातावरणीय विशिष्टता समुह (बि–ग्रुप) र अक्सफामको आयोजनामा स्थानीय महिला स्वयंसेविका र किशोर किशोरीसंग गरिएको लैङ्गिकता सम्बन्धि २ दिने तालिमका सहभागीहरुले सो कुरा बताएका हुन् ।

सो तालिममा सहभागी महिला स्वयंसेविका दुर्गा खत्रीले यस तालिमबाट लैंङ्गिक हिंसा तथा सामाजिक समावेशीकरणको बारेमा थप जानकारी भएको बताईन् । त्यसैगरि अर्का सहभागी किशोरी नितु घर्ती मगरले समाजका हुने लैंङ्गिक हिंसा बारे बोल्ने प्रतिबद्धता जनाईन् ।

सो तालिममा लैंङ्गिक हिंसा तथा सामाजिक समावेशीकरणको बारेमा र कोभिड–१९ बाट कसरी सुरक्षित रहने भन्ने बारे बि–ग्रुपका लैङ्गिक अधिकृत सोम गुरुङले सहजीकरण गरेका थिए । सो २ दिने तालिममा स्थानीय खजुरा गाउँपालिका वडा नं.१,२,३,४ र ८ का महिला स्वयंसेविका, किशोरकिशोरी, बि–ग्रुपका फिल्ड कर्मचारी गरि २ दर्जन बढीकोे सहभागिता रहेको थियो ।

२०७७ मंसिर १९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।