डुडुवाको हिरिमिनियामा निशुल्क प्रयोगशाला स्थापना

|

डुडुवा (बाँके)। डुडुवा गाउँपालिकाले वडा नंं ६ हिरिमिनिया स्वास्थ्य चौकीमा आजदेखि निशुल्क प्रयोगशाला संचालनमा ल्याएको छ । गाउँपालिकाका कुनै पनि नागरिकलाई स्वास्थ्य परिक्षणका क्रममा गरिने परियोगशाला जाँचबाट बञ्चित हुन नदिनका लागि निशुल्क ल्याब संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पालिकाले हरेक वडामा निशुल्क ल्याब संचालन गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको र अहिलेसम्म तीन स्थानमा स्थापना भईसकेको छ, भने अब बाकी हुने स्थानमा पनि संचालन गरिने छ । अध्यक्ष चौधरीले गाउँपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सम्बन्धि सम्पुर्ण सेवाहरु निशुल्क रुपमा उपलब्ध गराउदै आएको बताउनुभयो । उहाँले सामान्य विरामीदेखि मधुमेश, प्रेसर जस्ता कडा रोगका विरामीलाई सम्पुर्ण औषधी उपचार निशुल्क रुपमा गर्दै आएको भन्दै आगामी दिनमा जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सेवा पुरयाउने लक्ष्य रहेको बताउनुभयो ।

आज विहीबार एक कार्यक्रमका विच अध्यक्ष चौधरीले उक्त प्रयोगशालाको उदघाटन गर्नुभयो । वडाध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, जनप्रतिनिधी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । ल्याबमा तीन जना प्राविधिकसहितको टोलीले वडा नं. ६ का करिब ६ हजार नागरिक प्रत्यक्ष सेवा लिनेछन । ल्याबमा दिसा, पिसाब, रगत, खकार, मधुमेह, टाइफाइड, जेन्डिस, लिभर लगायतको परिक्षण गरिनेछ । निशुल्क ल्याब संचालनमा आएपछि घरमै विरामीहरुलाई सेवा लिन सहज भएको छ भने सदरमुकाम नेपालगन्ज आउनुपर्ने बाध्यता समेत हटेको छ ।

स्वास्थ्य समस्या देखिएपछि नेपालगन्जका चिकित्सकले परिक्षण गर्ने भनेपछि डुडुवामा पुगेर ल्याब जाँच गराएर रिपोर्ट देखाउने गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताउनुभयो । गाउँपालिकाले अहिलेसम्म वार्ड नंं १ बेतहनी, वार्ड नंं ५ कम्दी र वार्ड नंं ६ हिरिमिनियामा निशुल्क प्रयोगशाला स्थापना गरिसकेको छ ।

२०७७ मंसिर १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।