काँचुली खबर अनलाईनका सम्पादक गजेन्द्र गुरुङ एन्. जी मिडिया अनरबाट सम्मानित

|

बाँके / काँचुली खबर अनलाईनका सम्पादक गजेन्द्र गुरुङ एन्. जी. मिडिया अनरबाट सम्मानित हुने भएका छन । एन्. जी. (नेपाल गोर्खा) इन्टरटेनमेन्टको माउ कम्पनी आमा डिजिटल म्यानेजमेन्ट एण्ड मार्केटिङ प्राईभेट लिमिटेड इटहरी सुनसरीले हरेक वर्ष प्रदान गर्दै आईरहेको पुरस्कार यस वर्ष गुरुङलाई प्रदान गर्ने निर्णय गरेको हो ।सञ्चार क्षेत्रमा आवद्ध रहि सामाजिक योगदान पुराएकाहरु मध्येबाट एकजनालाई उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ । लक डाउनका कारण औपचारिक कार्यक्रम संचालन नगरिएपनि आउने बिहिबार गुरुङलाई सम्मान गरीने भएको छ । कम्पनीका निर्देशक नवीन गुरुङकी हङकङ्ग निवासी आमा दिल कुमारी गुरुङले आफ्नो श्रीमान् भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका सार्जन्ट स्वर्गिय बल बहादुर गुरुङको स्मृतिमा पुरस्कार प्रदान गर्दै आएकी छन । कम्पनीले इटहरी सुनसरीबाट हाल गोर्खा खबर डटकम, सोल्टी टिभी डटकम र सोल्टी टिभी, युट्यूब च्यानल संचालन गरिरहेको छ । यसअघि, कान्तिपुर दैनिकसँग आवाद्ध, हाल कारोबार दैनिकमा कार्यरत, बिराटनगरका पत्रकार बेदराज पौड्याललाई उक्त पुरुस्कार प्रदान गरिएको थियो ।

२०७७ जेष्ठ २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।