किरण भुजेल र एलिना चौहानको “कान्छी मट्याङ ट्याङ” रिलिज (भिडियो)

|

नेपाल आइडल सिजन ३ का फर्स्ट रनरअप किरण भुजेल र एलिना चौहानको आवाजमा रहेको बहुप्रतिक्षित नयाँ गीत रिलिज भएको छ।बिहीबार रिलिज “कान्छी मट्याङ ट्याङ” बोलको गीतमा सुनिल कटुवालको शब्द रहेको छ ।भने, प्रेम घिमिरेको संगीत रहेको छ। गीत डान्सिङ प्याटर्नमा आधारित छ। गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा पछिल्लो समयका लोकप्रिय डान्सर अजय श्रीस, श्रेया सिटौला , एलिना चौहान र किरण भुजेल फिचर्ड छन् ।

अजयको यो दोस्रो म्युजिक भिडियो हो। पहिलो भिडियो “ज्यान दिन राजी भाको छु” बाट दर्शकको मन जितेक उनले यस् भिडियोमा पनि उत्कृष्ट अभिनयसंगै डान्स प्रस्तुत गरेका छन् । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् ।

एउटा प्रेमिल जोडीको प्रेम कथा, जसमा प्रेमीले प्रेमिका फकाउन गर्ने अनेक क्रियाकलापलाई भिडियोमा देखाइएको छ। उत्सव दाहालले आकर्षक फ्रेममा खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियो किरण भुजेलको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..

२०७७ मंसिर १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।