
काठमाडौं । अर्थ मन्त्रालयले बीमा समितिलाई अहिलेसम्म दावी परेको कोरोना बीमाको भुक्तानी ३ दिनभित्र दिएर मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको छ । कोरोना बीमाबारे फैलिएको हल्ला र मिडियामा आएका समाचारको विषयमा मन्त्रालयले समितिलाई नयाँ ४ बुँदे निर्देशन दिएको हो ।
मन्त्रालयको निर्देशनमा अहिलेसम्म परेका दावीको भुक्तानी गर्न, तीन दिनमा कोरोना बीमाको रकम भुक्तानी गर्न र हरेक दिनको कार्यप्रगति विवरण मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।
