सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्यो

|

काठमाण्डौ / भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको छ ।विभागले सातै प्रदेशमा अनलाइनमार्फत् आवेदन खुलाएको हो ।

चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्य अन्तरर्गतका कार्यालयको माग बमोजिम खोलिने विभागले जानकारी दिएको छ ।सोही कारण इच्छुक आवेदकले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सोझै सम्पर्क गरी आवेदन दिने व्यवस्था समेत मिलाएको छ ।

जसका लागि ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सुचना अधिकृतसँग सम्पर्क गर्न विभागले सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।

२०७७ मंसिर १७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।