नेपाल आदिवासी जनजाति महासंघ अमेरीका द्वारा रक्तदान कार्यक्रम सम्पन्न

|

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को १५औं स्थापना दिवसको अवसरमा नोभेम्बर २९ , आईतबारका दिन न्यूयोर्कको क्वीन्समा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना महामारीका विच ९७ जना रक्तदाताहरूले रगत दिएका छन् । फिप्नाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम न्यूयोर्क ब्लड सेन्टरसंग सहकार्य साथै फिप्नाको सदस्य संस्थाहरूको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

यो कार्यक्रमलाई सम्पन्न पार्न अहोरात्र खट्नुहुने फिप्ना कार्यसमितिका पदाधिकारीहरू , स्वयंसेवक संयोजक प्रेम गुरूङ, सह-संयोजक कुवेर बनेम लिम्बु, सल्लाहकारहरु , संघिय परिषदका पदाधिकारीहरु,सदस्य संस्थाका प्रमुख तथा पदाधिकारीहरु,कार्यक्रमका प्रायोजकहरु लगायत सम्पूर्ण सहभागी महानुभावहरुलाई नेपाल आदिवासी जनजाति महासंघ का अध्यक्ष लोक चेम्जोङले एक विज्ञप्ति मार्फत हार्दिक आभार प्रकट समेत गरेका छन् ।

साथै कोभिड-१९ संक्रमणवाट बच्न नेपाली अमेरीकन समुदायलाई विभिन्न मानविय सेवाहरू गरी कोरोना विरूद्धको अभियानमा अग्रपंतीमा रही मानवसेवामा समर्पित भई नेतृत्वदायी भुमिका निर्वाह गरेकोमा फिप्नालाई New York City council का Council Member Daniel Dromm द्वारा सम्मान पनि गरेको छ ।

कार्यक्रममा कनेटिकेट राज्यको ब्राउनफोर्डमा काउन्सीलमेम्बरमा निर्वाचित रामचन्द्र श्रेष्ठलाई पनि फिप्ना अवार्डले सम्मान गरेका थिए ।

२०७७ मंसिर १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।