विज्ञापन बोर्ड गठन र संचार जगतमा थप उत्साहित

|

विज्ञापन सम्बन्धी आवश्यक नीति तय गर्ने र नियमन गर्ने निकाय विज्ञापन बोर्डको पहिलो बैठक सोमबार बसेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबारै राजधानी दैनिक प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचनसहित ५ जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको थियो ।

वर्तमान सरकारले यसलाई प्राथमिकता साथ कार्यान्वयन गरेपछि सञ्चारजगत उत्साहित बनेको छ ।

शेरचनसहित पत्रकारहरु शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवार बोर्डको सदस्य भएका छन् ।

विज्ञापन बोर्डमार्फत विज्ञापनको समानुपातिक वितरण, नियमनको माग धेरै पहिलेदेखि उठेको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उहाँहरु सबैलाई नियुक्तिपत्र प्रदान गर्दै सफलताका साथ काम गर्न शुभकामना समेत दिनुभएको थियो ।

सञ्चारमन्त्री गुरुङ र सञ्चार सचिव हरि बस्यालको उपस्थितिमा बोर्डका नवनियुक्त पदाधिकारीहरुको पहिलो बैठक आजै बसेको हो ।

सरकारले कात्तिक ७ गते नै बोर्ड गठन गरेको थियो ।  बोर्ड अध्यक्षमा संचार मन्त्रालयका सहसचिव डिल्लीराम शर्मालाई सरकारले यसअघि नै तोकिसकेको छ ।

बैठकले मंसिर २२ गते अर्को बैठक बसी विज्ञापन ऐन २०७६ ले दिएको कार्यादेश अनुरुप आवश्यक अध्ययन तथा अन्य कारवाही अघि बढाउने निणर्य गरेको छ ।

मन्त्री गुरुङले सवै क्षेत्रमा लामो अनुभव हासिल गरेका ब्यक्तिहरुलाई बोर्डमा नियुक्त गर्नुभएको हो ।

विज्ञापन ऐन २०७६ ले विज्ञापन बोर्डमार्फत स्वदेश तथा विदेशबाट नेपालमा प्रकाशन र प्रशारण हुने विज्ञापनको लागि आवश्यक नीति–नियम निर्माण गर्ने र नियमन गर्ने दायित्व दिएको छ ।

यस्तै समानुपातिक बिज्ञापन लागू गर्ने कार्यादेशसमेत छ ।विज्ञापन बोर्डमार्फत विज्ञापनको समानुपातिक वितरण, नियमनको माग धेरै पहिलेदेखि उठेको थियो ।

वर्तमान सरकारले यसलाई प्राथमिकता साथ कार्यान्वयन गरेपछि सञ्चारजगत उत्साहित बनेको छ ।

२०७७ मंसिर १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।