स्थानीय तहमा आज एकै दिनमा ३९६ अस्पतालहरु शिलान्यास हुँदै

|

नागरिकलाई स्थानीय तहमै स्वास्थ्य सेवा दिने उध्येश्यका साथ सातै प्रदेशमा सरुवा रोग अस्पतालको पनि आज नै शिलान्यास हुँदैछ ।

अबका दिनमा आधारभूत स्वास्थ्य सेवाका लागि कुनै पनि नागरिक ठूला सहरसम्म पुग्नुपर्ने बाध्यता हट्दै छ । नागरिकलाई स्थानीय तहमै स्वास्थ्य सेवा दिने पहलस्वरुप आजबाट त्यस कामको थालनी हुँदैछ ।

२०७७ मंसिर १५ अर्थात आजको दिन नेपालको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सावित हुँदैछ । यसले जनस्वास्थ्यमा आमूल परिवर्तन गर्ने निश्चित छ ।

आधारभूत स्वास्थ्य सेवामा सम्पूर्ण नागरिकको पहुँच पुर्याउने प्रयास स्वरूप नै आज मंसिर १५ गते सोमबार एकै दिन ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल निर्माण सुरु गरिँदै छ ।

स्वास्थ्य क्षेत्रको यो परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवारोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दै हुनुहुन्छ ।

२०७७ मंसिर १४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।