
गोरखा स्थित अजिरकोट गाऊपालिका ३ की वडा सदस्य सुकमाया सार्कीको दुईवटै मृगौला खराब भएर पिडित भएको अबस्थामा उनलाई हामी नेपाली ग्लोबलको अर्थिक सहयोग गरेको छ ।
उनको आर्थिक रुपमा कमजोर भएको र अति बिपन्न परिवार सार्कीको दुबै मृगौलाले काम गर्न छोडेपछि उपचारमा समस्या भएको उनको श्रीमान निर बहादुर नेपालीले बताए ।
हाल उनको चितवन क्यान्सर अस्पतालमा हाल डाईलासिस गरिरहेको र दैनिक नेपाली १० हजार रुपैयाँ भन्दा बढि खर्चको भैरहेको छ ।
बिरामीको मृगौलाप्रत्यारोपन गर्न लाखौ रकम आबश्यक पर्ने भएपछि उनलाई बचाउन सम्पूर्ण विदेश तथा स्वदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई आह्वान गरेका छन् ।
अजीरकोट गाऊपलीका की उपाध्यक्ष चन्द्र माया गुरुंङक़ो पहलमा अन्तराष्ट्रीय संस्था हामी नेपाली ग्लोबलले नगद रू.५० हजार सहयोग गरेको संस्थाका अध्यक्ष अमृत लामा र उपाध्यक्ष समाजसेवी टेक वाईवा लामाले संकलन गरि पठाएक़ो सो रकम मंगलबार एक कार्यक्रमका साथ परिवारलाई हस्तान्तरण गरिएको जानकारी प्राप्त भएको छ ।
गाऊपालिका अध्यक्ष फनिन्द्र धिताल, उपाध्यक्ष चन्द्रमाया गुरुंङ, वडा नम्बर ३ का अध्यक्ष तोयराज गुरुंङ, स्वास्थ्य शाखाका प्रमुख सुरेश दवाडी लगायतले रकम हस्तान्तरण गर्दै मानविय सहयोग गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गर्दै थप सहयोग को निम्ति अनुरोध समेत गरेका छन् ।
बिरामी सदस्य सार्कीको उपचारका निम्ति देशविदेशमा बस्ने सहयोगी दाताहरुले सहयोग गर्न चाहेमा सुक माया नेपाली सम्पर्क नम्बर : ९८४१७९७५३८ वा ९८२३८२५९६८ र चन्द्र माया गुरुंङ ९८१६१४१४१६ मोबाइल मा प्रत्यक्ष सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ ।
उक्त राहत वितरण कार्यक्रमबारे हामी नेपाली ग्लोबलका उपाध्यक्ष टेक वाईबा लामाले जानकारी दिएका हुन् ।