नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल

|

नयाँ नेतृत्वका लागि शनिबार काठमाडौंमा भएको निर्वाचनबाट किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन्।

ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरेका छन्।

वरिष्ठ उपाध्यक्षको मतगणनामा एशोसिएट तर्फ ३० प्रतिशत मत रहेकोमा चन्द्र ढकालले प्रतिष्पर्धी किशोर प्रधानलाई १४८ मतान्तरले पछाडि पारेका थिए ।

यसरी एशोसिएटतर्फ चन्द्रप्रसाद ढकालले कुल खसेको मतको ५८.०६४ प्रतिशत मत पाएका हुन् भने प्रधानले ४१.६० प्रतिशत मत पाएका हुन् ।

त्यस्तै २० प्रतिशत भार रहेको वस्तुगत तर्फ पनि चन्द्र ढकालले नै बाजी मारेका छन् ।

वस्तुगत तर्फको कुल १०१ भोट खसेकोमा ३ भोट बदर भएको थियो जसमा ढकालले ५९ र प्रधानले ३९ भोट पाएका थिए ।

यसमा पनि ढकालले प्रधानलाई २० भोटले पराजित गरेका थिए, त्यस्तै ५० प्रतिशत मतभार बोकेको जिल्ला नगर तर्फ किशोर प्रधानले १ मतले चन्द्र ढकाललाई हराए पनि अन्तिम नतिजा भने चन्द्र ढकालकै पक्षमा रहेको थियो ।

ढकालले ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफ्ना प्रत्यासी किशोर प्रधानभन्दा १ मत मात्र काम पाए, तर पनि ३० प्रतिशत मतभार रहेको एशोसिएट र २० प्रतिशत मतभार रहेको वस्तुगततर्फ भने प्रधानलाई फराकिलो अन्तरले पछारे पछि उनी सहजै वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

यो मतगणनासँगै चन्द्र ढकाल महासंघका वरिष्ठ उपाध्यक्ष बनेका छन् ।
अब उनको काँधमा निजी क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी अझै बढेको छ । अब महासंघ एक ढिक्का भएर निजी क्षेत्रको समस्या समाधानमा अघि बढ्छ,उनी भन्छन् ।

२०७७ मंसिर १४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।