
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७ सय ३ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घन्टामा १ हजार २ सय ३६ जना संक्रमित कोरोना मुक्त भएका छन् ।
देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । जसमध्ये २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । थपिएका २३ जनासँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।