प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरी आयो पसिना

|

दोलखा स्थित प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ । मंगलवार दिउँसो पौने २ बजेदेखि भीमेश्वरको शिलामा पसिना आउन सुरु भएको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरको शिलामा पसिना आएपछि दर्शनार्थीहरुको भिड लाग्न सुरु भएको छ । भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अनिष्ट वा सकारात्मक परिवर्तन हुन्छ भन्ने जनविस्वास छ ।

पसिना आएपछि राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा गराउने चलन छ ।

भीमेश्वर मन्दिरको शीलामा १८ औं पटक ‘पसिना’ आएको छ
यसपटक कोरोना महामारीका कारण मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप रोक लगाईएको समयमा मन्दिरको शिलामा पसिना आएको हो ।

शिलामा पसिना आएपछि अनिष्ट नहोस् भन्ने कामना गर्दै स्थानीय र भक्तजनहरु भेला भई घण्टा, नगरा बजाउने र शिलालाई चम्मरले हम्किरहेका छन् ।

शिलामा आएको पसिना कपासले पुछ्दै दर्शनार्थीहरुलाई दिने गरिन्छ ।

२०७७ मंसिर ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।