
बीबीसी १०० वुमन २०२० मा नेपालकी सपना रोका मगर परेकी छन् । बीबीसीले हरेक वर्ष विश्वभरका प्रेरक र प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ ।
यस वर्षको सूचीमा नेपालकी सपना रोका मगर परेकी हुन् । गत वर्षको विश्वका प्रेरक र प्रभावशाली एक सय महिलाको सूचीमा नेपालबाट बोनिता शर्मा छनोट भएकी थिइन् ।
द सोसल चेञ्जमेकर्स एण्ड इन्नोभेटर्स (सोचाईं) नामक संस्थाकी संस्थापक बोनिताले आमा र बालबालिकाको पोषणको क्षेत्रमा काम गर्दै आइरहेकी छन् ।
उनको संस्थाले महिलामा पोषण सम्बन्धी सचेतनाका लागि संस्थाले ‘न्युट्रीबिड्स ब्रासलेट’ अभियान पनि सञ्चालन गरिरहेको छ ।
यस वर्ष कोभिड-१९ बाट मृत्यु भएकाहरुको दाहसंस्कारमा ठूलो सहयोग गरेकी थिइन् । दाहसंस्कार टेक्निसियनको रुपमा उनी बीबीसीको एक सय महिलाको सूचीमा परेकी हुन् ।
म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन् । उनले बेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्दै आईरहेकी छिन् ।
परिचय नै नभएका बेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ । उनले हालसम्म ४५ वटाभन्दा बढी वेवारिसे शवको व्यवस्थापन गरिसकेकी छन् ।
उनले सडक र शवगृहहरुमा रहेका बेवारिसे शवहरुलाई जिम्मा लिएर पोस्टमार्टम गराएर ३५ दिनभन्दा बढी समयमा कोही सम्पर्कमा नआएमा दाहसंस्कार गराउने काम भइरहेको छ ।
उनले आफूले आफ्ना मनको शान्तिका लागि यस्तो काममा संलग्न भएको बताएकी छन् ।
यस वर्षको बीबीसीको एक सय महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन, न्यु अवतार एन्ड मार्भल फिल्म स्टार माइकल योह, कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको अक्सफोर्ड रिसर्च सेन्टरकी सारा गिल्बर्टलगायत रहेकी छन् ।