कक्षा १२ को परीक्षा आजदेखि सुरु

|

कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु भएको छ ।
आज बिहान ८ बजेदेखि विद्यार्थी बसेकै ठाउँ नजिकका ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागी भए ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनकालागि हिमाली जिल्लाहरुमा प्रश्नपत्र पठाइसकेको र अन्य जिल्लामा परीक्षा सञ्चालन हुनुअघी इमेलबाट पठाएको छ ।

कोभिड १९ को संक्रमणका कारण स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न लगाएर परीक्षा सञ्चालन भएको हो।

कोभिडका कारण बोर्डले ४० अंकको परीक्षा लिन लागेको छ । साथै उत्तरपुस्तिका समेत विद्यालयकै सम्बन्धित शिक्षकहरुबाट परीक्षण गराइ मंसिर २२ गतेभित्र प्राप्ताङ्कको फाइल बोर्डको कार्यालयमा पठाउनुपर्ने निर्देशन बोर्डले दिएको छ ।

संक्रमित तथा कोभिडसँग लक्षण मिल्दोजुल्दो देखिएका बिरामीका लागि पछि बेग्लै परीक्षा सञ्चालन गर्ने पनि बोर्डको योजना छ ।

२०७७ मंसिर ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।