
खजुरा / भेरी वातावरणीय बिशिष्ठता समुह ( बि–ग्रुप, बाँके) र केयर नेपालको साझेदारी तथा युकेएडको आर्थिक सहयोगमा सन्चालित कोभिड प्रतिकार्य तथा पुर्नःस्थापना कार्यक्रम अन्तर्गत लैंगिकतामा आधारित हिंसा तथा संरक्षण सम्बन्धि दुई दिने तालिम खजुरा गाउँपालिकामा सम्पन्न भयो । सो कार्यक्रमको प्रमुख अतिथी खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बिकले तालिमको उद्घाट्न गर्दै हालको अवस्थामा कोभिड महामारीको अवस्थामा अझै धेरै महिला हिंसा तथा संरक्षणका मुद्दाहरु घर परिवार र समाजमा देखिने र पीडित आफ्नै परिवारबाट पनि हुने सम्भावना रहेको बताउनुभयो । साथै सचेतनामुलक कार्यक्रमहरु स्थानीय तहमा सम्म लैजानुपर्ने र समुदायमा जनचेतना जगाउँनु पर्ने र स्थानीय स्तरमा संरक्षण प्रणालीलाई मजबुत बनाउनु पर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा बि–ग्रुपका कार्यक्रम संयोजक टेक बहादुर सुनारले सहभागीलाई स्वागत गर्दै यस्तो महामारीको अवस्थामा लैगिकतामा आधारित हिंसा तथा संरक्षणका सवालहरु धेरै देखिने र यस अवस्थाको न्युनिकरण गर्न सबै मिलेर अघि बढ्नु पर्ने, समुदायमा रहेका संरक्षण संरचना प्रणालीहरुको सवलिकरण गरी सकृय बन्नु पर्ने तथा यस्ता हिंसा र दुरब्यवहारलाई ब्यक्ति, परिवार र समाजबाटै न्युनिकरण गर्नुपर्ने बताउनुभयो ।
सो तालिमको सहजिकरण बि–ग्रुपका लैगिक तथा संरक्षण अधिकृत अमिसा धिमालले गर्नुभएको थियो । उक्त तालिममा खजुरा गाउँपालिकाका ८ वटै वडाका बाल क्लबका प्रतिनिधि, आमा समुह, महिला सन्जालका प्रतिनिधि, मेलमिलाप केन्द्रका प्रतिनिधि र युवा क्लबका प्रतिनिधिको सहभागिता थियो । सो तालिम स्वास्थ्य मापदण्ड प्रयोग गरि सन्चालन गरिएको थियो । भौतिक दुरी कायम गरि मास्क र सेनिटाईजरको प्रयोग गरि तालिम सन्चालन गरिएको थियो ।