खजुरा / भेरी वातावरणीय बिशिष्टता समुह( बि–ग्रुप) र खजुरा गाउँपालिकाको संयुक्त आयोजना तथा केयर नेपालको सहकार्यमा खजुरा गाउँपालिकामा अन्तरराष्ट्रिय शौचालय दिवश २०२०ः दिगो सरसफाई तथा जलवायु परिवर्तन भन्ने नाराका साथ जनचेतनामुलक कार्यक्रम कार्यक्रम गरि मनाईएको छ ।
सो कार्यक्रमका अध्यक्षता ग्रहण गर्नुभएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले स्वस्थ जिबन बाँच्नको शौचालयको अति आवश्यक्ता रहेको बताउनुभयो । साथै उहाँले यस्ता जनचेतनामुलक कार्यक्रम स्थानीय स्तरमा लागु हुुनु पर्नेमा जोड दिनुभयो । साथै खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले परिवार स्वस्थ रहनको लागि शौचालयको उचित प्रयोग गर्नु पर्ने बताउनुभयो ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति
सो कार्यक्रममा बोल्दै बि–ग्रुपका कार्यक्रम संयोजक टेक बहादुर सुनारले अहिलेको कोेभिड महामारीको अवस्थामा शौचालय सरसफाई तथा सही प्रयोगको बढी महत्व रहेको बताउनुभयो । खजुरा गाउँपालिका खुला दिशामुक्त घोषणा भएपनि कार्यान्वयनको पक्षमा सबै सरोकारवाला मिली पुर्ण सरसफाई अभिायानमा अगाडि बढ्नु पर्ने बताउनुभयो । सो कार्यक्रममा वडाका अध्यक्ष, महिला स्वंमसेविका, लगायतको सहभागिता रहेको थियो। सामाजिक दुरीको कायम गरि तथा सेनिटाईजर र मास्को प्रयोग गरि कार्यक्रम सन्चानल गरिएको थियो ।






