कोरोना संक्रमणवाट बँच्न केही प्रभावकारी उपायहरु

|

मृत्युको आसङ्कै नगरिएका युवा युवतीहरु पनि मृत्युवरण गरी रहेका छन् । तसर्थ तल दिईएका जीवन रक्षाका उपायहरु संक्रमित हुनुपुर्व देखि अपनाउदा वच्ने सम्भावना अधिक हुनेछ । कोरोना संक्रमणवाट वच्न र संक्रमित भैहाले जीवन रक्षार्थ यस्ता प्रभावकारी उपाय अपनाउन सकिन्छ । हाल तिव्र र व्यापक रुपमा फैलिरहेको कोरोनाले विज्ञानको विकाश र मानव सभ्यतालाई नै चुनौति दिईरहेको छ । विकशित मुलुकलाई नै आफ्ना जनतामा संक्रमण र मृत्युदर न्यून पार्न हम्मे परिरहेको छ भने श्रोत ,साधनको कमि र व्यवस्थापकिय चुस्तता नभएको अल्पविकशित हाम्रो जस्तो देशमा संक्रमण व्यापक हुँदा स्थिति साह्रै भयावह हुने निश्चित छ । अब हामी सवै संक्रमणवाट वच्न र वचाउन तथा संक्रमण भैहाले जीवन रक्षा गर्न जानकार हुनुपर्ने तथा प्रयोगमा ल्याउनुपर्ने आम रुपमा थाहा भएका र केही अझै सवैको जानकारीमा नआएका सजगता र बचाँउका उपाय वारे वताउन चाहान्छु ।

मास्क लगाउने र सेनिटाईजरले निर्मलिकृत गर्ने त थाहा भएकै कुरा हुन तर सेनीटाईजरले निर्मलिकृत गरिसके पछि छिट्टै पानीले हात पखाल्नु उपयुक्त हुन्छ । सार्वजनिक ठाँउमा डल्लो सावुनपानीले हात धुँदा संक्रमणको खतरा रहिरहन्छ तसर्थ झोल सावुनपानीले वा झोल नभए सरफ पानीले हात धुनु सुरक्षित हुन्छ। सेनीटाईजर सुविधासम्पन्न भनिएका शहरमा त अभाव देखिएको छ गाउँ तथा दुरदराजमा के होला?तसर्थ तयारी सेनीटाईजर नमिल्ने अवस्थामा कागतिको रस वा चुकमा हल्का पानी मिसाईएको झोल वा घरमा निर्मित १००५अल्कोहल (तिनपाने रक्सी) सेनीटाईजरको रुपमा प्रयोग गर्न सरकारले स्रोत र साधनको कमि भएका जन्तालाई सिकाउन आवस्यक देखिन्छ । १००५ अल्कोहलले हात निर्मलिकृत गर्ने हो पिउनु भने हुँदैन । फेरि भित्र निर्मलिकृत गर्ने सोँच नआवस ।

त्यसो त ऐलै आर्थिक रुपले संकटमा भएका जनता धेरै छन । अझ समस्या लम्वियौ भने ,जुन निश्चित छ,आर्थिक रुपले पनि स्थिति विकराल हुन्छ ,त्यस्तो अवस्थाका जनतालाई सफा खरानी पानीले मिची मिची धुनु पनी निर्मलिकृत हुने अन्तिम विकल्प अपनाउन वाध्यता हुन सक्छ । सावुन वाहेकका ई सवैले पनि विषाणुको वाहिरी पर्तलाई ध्वस्त पारी उसले हामीलाई संक्रमण गराउन नस्क्ने वनाउन सक्छन ।जहाँ कही खाली खुट्टा नहिडने र घरमा जहाँ जुत्ता चप्पल खोलिन्छ त्यो ठाउमा खाली खुट्टाले नटेक्ने तथा खाली खुट्टाले टेक्नुपर्ने ठाउमा जुत्ता चप्पलले नटेक्ने सावधानी पनि कडाईका साथ पालना गर्न आवस्यक छ । किनभने जुताले टेक्ने ठाउमा खाली खुट्टाले टेक्दा विषाणु भित्र विस्तारा लगाएतका ठाउमा पुगेर संक्रमित हुने प्रवल सम्भावना रहन्छ । तसर्थ यसमा पनि सावधानी अपनाउन अनिवार्य छ । साथै पसलहरुवाट फिर्ता दिईएको पैसा सकेसम्म पोलिथिनमा माग्ने वा अरु सफा कागजमा कवर गरेर लिने र घरमा लगेर न्युनतम ५(६दिन नचलाई राख्ने । ५,६ पछि मात्र प्रयोग गर्ने । पसलवाट आउने फिर्ता पैसा सोझै हातले छुनु परे त्यसपछि हात नधोई सँक्रमण वढाउने गरि क्यै नछुने ।

अब हर कसैको गलामा अंगोछा(ठूलो रुमाल) आवस्यक छ । किनकि हाच्छिउ एक्कासी आउछ र अगोँछा भयौ भने त्यसकै सहयोगले अरुलाई संक्रमणवाट वचाउन र आफु पनि वच्न सकिन्छ । हत्केलाले र कुहिनोले छेकेर खोक्दा वा हाछिउ गर्दा पनि अरुलाई संक्रमण हुने धेरै खतरा हुन्छ । तसर्थ खोक्दा वा हाछ्यु गर्दा आफ्नै घाँटीमा भएको रुमालले मुख पुर्ण रुपमा छोप्न अत्यावस्यक छ । उक्त रुमाल अरुलाई नछुवाई समय समयमा सफा गर्नुपर्ने कुराप्रति भने सजगता अपनाउनु पर्छ ।

घरमा र बाहिर पनि संक्रमणले व्यापकता नलिउस भनी हातले छुने कुरामा पनि सजगता अत्यावस्यक छ।धेरैले छुने सम्भावना भएका सार्वजनिक ठाउहरु, गेटहरु र गाडी तथा घरका ढोकाहरु लगाएतका ठाउहरुमा अक्सर अनुहारमा नजाने हातले छुने र यसरी सार्वजनिक ठाउमा छोएको हात निर्मलिकृत गरेर मात्र अर्को हात र अनुहारमा छुवाउने सावधानी अपनाउने। बाहिर जाँदा लगाएका कपडा सधै धुन अनुकुल हुदैन भने नी ३(४ घन्टा घाममा सुकाउने लगाएतका सावधानी अपनाउँदा सङ्क्रमणमा न्युनता आउँछ ।

लकडाउन रहदाँ र खुल्दा पनी अत्यावस्यक काम वाहेक बाहिर ननिस्कौ। अब बाहिर निस्केर घर फर्किदाँ संक्रमण भित्रिदैन भन्ने केही ग्यारेन्टी छैन।तसर्थ अनावस्यक भिड वढाउन नवाहिरिउ । बाहिर वा घरमै पनि आम्ने साम्ने मौन रहदा ३ फुट र वोल्दा ढाई मिटरको फासलामा रहौ र करिव आईसोलेसनकै नियम पालना गरौ । किनकी कल्लाई कहाँ कति वेला सङ्कमण हुन्छ भन्न सकिँदैन । सङ्क्रमित भएको थाहा पाउँदा सम्म धेरैलाई सारी सकिएको हुन सक्छ।तसर्थ उच्च सतर्कता अपनाउ । हिडदा दुई व्याक्तिको दुरी कमसेकम ४ मिटर कायम राखौ साथै हावाको वहावको दिशा र गति हेरेर अरु फासलामा रहनु नै सुरक्षित हुन्छ।यो कुरा पनि मनन योग्य छ । सार्वजनिक ठाउमा नियतपुर्वक लापर्वाही देखाउने प्रति सजग वनौ र प्रहरीलाई खवर गरौ तथा त्यस्तालाई प्रहरिले पनि नियन्त्रणमा लिन सहयोग गरौ। अब दुर्भाग्यवस संक्रमित भैहालेमा जीवन रक्षाका सवै उपाए अपनाउने हो भने सारै कमजोर स्वास्थ्य भएका वाहेक अरु सजिलै वाँच्न सकिन्छ ।

रोगलाई हराउन सवैभन्दा पहिले सहि खानपिन हुन अत्यावस्यक हुन्छ । तसर्थ उपलव्ध भएसम्म सफा,ताजा,सन्तुलित,सुपाच्य सात्वीक भोजन लिउँ । भोजन गरिस्ट नहोस र विरुद्द आहार पनि नहोस । गरिष्ट वा विरुद्द आहारले सम्स्यामा जटिलता थप्न सक्छ । यो विषयमा जानकारी लिएर लाभ लिन सकिन्छ । भोजन नसा दिने वा वढी आलस्य वनाउने खालको भयौ भने समस्याले च्याप्न सक्छ । तसर्थ यसमा हेक्का राख्न र सहि खानपिन गर्न आवस्यक छ । नियमितको खानपिनका अलावा निम्न उपाए अपनाउदा टेष्ट पोजेटीभवाट नेगेटीभ हुन्छ र हजारौको जीवन रक्षा हुन सक्छ । यो कुरा गहिरो गरि वुझौ र लागू गरौ ।

विहानै उठेर नित्य कर्म सकेर मानतातो कागती पानी पिई आवस्यकता र अनुकुल भएमा माँस्क लगाई प्रात भ्रमणमा जाने । प्रात भ्रमण सकेसम्म सुरक्षित हुँने गरि उपयुक्त हरियो घाँस वा वाँटोमै भए पनि सुरक्षित हुने गरि खालि खुट्टा हिडने र फर्कि सके पछि केही वेर विश्राम गरेर मनतातो पानिले स्नान गर्ने । नुहाईसके पछि तुलसीका पाँचवटा जति पात राम्रोसित धोएर मुखमा नचपाई अलि वेर खेलाएर रस कम हुन थाले पछिमाँत्र थोरै पानी पनि मुखमा राखी चपाएर निल्ने । यश पछि जगिङ्ग, योगा,प्रणायाम र ध्यानमा जाने । योगाको वारेमा अलि विस्तृत अलि पछिल्लो परिच्छेदमा उल्लेख गरेको छुँ।योगा सकिएको अलि वेर पछि खाली पेटमा बोक्रो फालेको सफा करीव १५ ग्रामको अदुवाको टुक्रा चपाएर मन तातो पानीसित लिने अथवा थिचेको अदुवा र मह मिलाएर लिने र त्यसको आधा घण्टापछि पकाएको मनतातो वेसार ,कागतिपानी लिने।तत् पश्चात हर आठ घण्टाको अन्तरालमा मनतातो वेसार कागती पानी लिने ।

गेडागुडी वा दालको तातो सुप कम्तिमा दिनको एक पटक,हरियौ सव्जिको तातो सुप पनि दिनको दुई पटक लिने।लसुन ,मरिच,टिमुर वा मरौटी ,ज्वानो र जाईफल प्रयोग भएको सुत्केरी झोल दिनको एक पटक प्रयोग गर्दा संक्रमित व्याक्ति सिघ्र निको हुन सहयोग मिल्छ । ज्ञातव्य के छ भने सामान्य रुघा खोँकी लगाउने भाईरसले पनि दूध,दहि लगाएतका डेरी प्रोडक्टस प्रयोग गर्दा अरु च्याप्ने देखिन्छ।कोरोना पनि करिव त्यस्तै अझ ससक्त भाईरस हो र यसको कारणले हुने फोक्सो तथा श्वास नलिमा हुने म्युकसमा डेरी प्रोडक्टसले अरु वढोत्तरी हुन्छ र विमारीको स्थिती अझ खतरापुर्ण हुन्छ । तसर्थ दूध र त्यसवाट निर्मित पदार्थ त्यति राम्रो हुदैन तसर्थ पुरै सन्चो नहुँदासम्म दूध र दुग्ध पदार्थ नलिने ।

साथै ५ /६ घण्टाको फरकमा तातो पानको वाफ ५/६ दिनसम्म लिने गर्नु पनि आवस्यक छ ।दैनिक तोरी वा तिलको तेलले माँलिस गरेर करिव १५ देखि २० मिनेट नाङ्गो सरिरको पुरै भागमा पारेर घाममा वस्नाले सँक्रमणवाट हुने ज्यानको जोखिम कम हुन्छ।सके जिवनभर नभए कम्तिमा सङ्क्रमण निको नहुँदा सम्म सम्यक श्रम मात्र गर्ने अर्थात ठिक्क आराम र ठिक्क श्रम(काँम वा पैदल विहार र योगा प्रणायाम)गर्ने। धेरै श्रम पनि र धेरै आराम पनि वेठिक हुन्छ । निरासा,तनाव,उत्तेजना ,भए आदिले हामिमा नकारात्मक स्थिती पैदा गर्छ र रोग प्रतिरोधी क्षमता घटाउछ भने ,शान्त रहि आशावादी एवं प्रसन्न रहियौ भने रोगप्रतिरोधी क्षमता ससक्त हुने तथ्य प्रमाणित छ ।

शान्त र प्रसन्न रहनलाई सहयोग हुने व्यवहारीक एउटा विधि परमेस्वरको कृपाले म मार्फत आविष्कृत भएको र तत पश्चात् त्यो विधि अपनाएर मैले वर्षौदेखी लाभ पाईरहेको हुनाले सवैको कल्याण निम्ति यो विधि मैले वाँडन श्रेय्स्कर ठान्दछु । थाहा पाएदेखी नै यो विधि अपनाउनुस र लाभ लिनुस अर्थात जीवन शान्त र प्रसन्न गराउनुस भन्ने सदासयताले यो विधि सवैको लागि अनावरण गराउदै छु।तपाईले राम्रो महसुस गर्नु भयौ भने ,आजिवन अपनाएर लाभ लिन र अरुलाई नि अपनाएर लाभान्वित वनाउन मार्गदर्शन गर्न सक्नुहुनेछ।

विधिले वा यो रहस्यले काम गर्ने सन्दर्भमा राम्रो गरि वुझ्न केही पुर्व प्रसङ्ग संकेत गर्न आवस्यक ठान्दछु।हाम्रा विभिन्न अङ्गले कसरी काम गर्छन भनेर जिज्ञासा लागेमा सोध्ने सामान्यतया डँक्टरहरुलाई हो। उहाहरुको जवाफ हुन्छ दिमागले ईसारा वा सिग्नल पठाउछ र हाम्रा विभिन्न अङ्गहरुले त्यसै अनुसार काम गर्छन।अब स्वभाविक रुपमा दिमागलाई कले गराउछ वा सिग्नल पठाउन कल्ले उत्प्रेरित गर्छ भन्ने प्रस्न तेर्सियो भने औषधी विज्ञान अनुत्तरीत हुन्छ।तर ध्यानको माध्यमवाट परम सत्यको साक्षात्कार गरेकाहरुलाई थाहा हुन्छ कि दिमागलाई पनि मार्गदर्शन गर्ने परम वुद्दिमत्ता वा परम चैतन्यता वा परमात्मा वा परमेश्वर वा व्रम्हाको भुमिका रहन्छ भनेर।परम सत्यको अनुभव गरेका करिव सवै यस कुरामा सहमत छन।उसलाई हरि अथवा ओम अथवा प्रभु जस्ता शव्दले पनि सम्बोधन गरिन्छ।अब कुनै व्याक्तिले आफुलाई सम्बोधन गरेर स्मरण गर्दा परम चैतन्यताले नवुझ्ला ,यस्तो मान्नै सकिदैन ।

जब उसले आफुलाई स्मरण गरेको थाहा पायौ भने त्सको कुनै प्रतिफल हामिले नपाउला , यो पनि अस्वभाविक हो । तर व्याक्ति सहि किसिमले स्मरण गर्ने र प्रतिफलको अनुभव गर्नसक्ने सम्वेदनशिल अवस्थामा हुनुपर्छ । अब यति रहस्यौदघाटन भैसकेपछि म विधीको मार्गदर्शन गर्न उपयुक्त मान्दछु। अलि समय सात्वीक आहारका र व्रम्हचर्य पालनका साथ तटस्थ होसमा रहेको व्यक्ति कुनै मानसिक काम नगरिरहेको अवस्थामा आफ्नो ध्यान वर्तमानमा र आफैमा केन्द्रित गराई कण्ठ वा ओँठ क्यै नचलाई मनै मन, भावका साथञञहरि ओम प्रभु हरि हरि हरि ओमझझस्मरण गर्दा आफुमा सहज,सरल र प्राकृतिक रुपमै शान्ति तथा प्रसन्ता छाएको र राम्रो भएको अनुभव सहजै गर्न सकिन्छ।जिवनमा यस्को ठूलो महत्व छ र यो रोग प्रतिरोधी क्षमता वृद्दि गराउन पनि सहयोगी हुन्छ। उक्त सुमिरणको फाईदा विशेषःत प्रात भ्रमणमा अझ प्रष्ट रुपमा थाहा पाउन सकिन्छ ।

प्रातभ्रमणवाट फर्किसकेपछि योगा ,प्रणायम र ध्यानमा पनि उक्त सुमिँरण प्रभावकारी हुन्छ । योगाको सुरुमा ५ मिनेट जगिङ्ग अनि सवासन अनि सुप्त वज्रासन अनि अर्ध मत्स्यन्द्रासन अनि पवन मुक्तासन अनि कपाल भाँती अनि नाकवाट निस्किएको छिटाले कसैलाई संक्रमित नगराउने सम्भावना भएका ठाउमा गएर भास्त्रीका प्रणायाम गर्ने । यी सवैले विशेषत श्वास प्रस्वास प्रणालीमा संक्रमणले वनाएको म्युकस वाहिर निस्कन र श्वास मार्ग खुलाएर श्वास लिन सहज वनाउछ। त्यस पछि भ्रामरी प्रणायाम अनि अनुलोम विलोम र अन्तमा लामो गहिरो स्वासका साथ प्रसन्नतापुर्वक ध्यानमा रहनु स्वास्थ्य लाभमा अत्यन्त प्रभावकारी हुन्छ ।
यति सवै गर्दा पनि असहज मँहसुस भैनै रह्यो र ज्वोरो पनि आउन सुरु गर्यौ भने एजीथ्रोमाईसिन र सिटामोल पनि लिनु भयौ भने सहज हुने छ।प्रभावकारी जीवन रक्षामा सहयोग पुग्ने छ ।

देशवासीहरु शान्त,आशावादी र प्रसन्न रहन त्यसो त देशमा सवै वातावरण राम्रो हुन आवस्यक छ अझ त्यसमा सरकार र त्सका मन्त्रीहरुको काँम सुझवुझपुर्ण र प्रभावकारी हुँन,सरकारका मातहतका निकायको काँम सिघ्र र चुस्त दुरुस्त हुन र सत्ताधारी पार्टी र त्यसका नेताहरुमा सुझवुझपुर्ण विवेकसम्मत व्यवहार र निर्णय तथा प्रभावकारी कार्यान्वयन पनि अति आवस्यक छ । तसर्थ ने क पा मा सदा भाडभैलो नरहोस र सरकारमा पनि गतिरोध रहिनरहोस । के ने क पामा समस्याको सहि पहिचान र त्यसको दिर्घकालिन सहि उपचार पहिल्याउन सक्ने नेतागणहरुको खडेरी नै भा हो त?संविधानमै अनेक पक्षवाट व्यवहारमै अव्वल र ईमान्दार प्रमाणित ४०देखि ६० वर्षको व्यक्तिले माँत्र प्र म हुन पाउने प्रावधान हुनु पर्ने हो । करुणा,ईमान्दारिता,शिर्जनसिलता जस्ता सवै पक्ष वाट व्यवहारिक रुपमै उच्च सक्षम सावित भएका र जोस सहितको होसले भरिएका विकाश प्रेम र राष्ट प्रेमले ओतप्रोत अव्वल युवाले देश र जनताको सर्वाङ्गिण सम्पन्ताको पवित्र सेवा भावले देशको मुल नेतृत्व गर्नु पर्नेमा, अनेक पक्षवाट कमजोर भैसकेकाले जुँगाको भाउ वढाउने र रहर पूरा गर्ने धेयले देशलाई क्रिडास्थल वनाईनु दुर्भाग्यपुर्ण हो।यो भद्रगोलले देश वर्वादिको दिशामा गईरहेको छ र जीवन क्षति अझ तिव्र वनाउछ।तसर्थ अलि छिटो चेतौ । अर्को चुनाव पछि पछुताउनु सिवाय क्यै नहुने निश्चित भैसक्यौ।युवा नेता तथा साम्सदहरु स्थितिलाई सहि दिशा दिन अग्रसर वनौं। लोभ र डरको प्रभाववाट बाहिर निक्लेर देशहित र जनहित निम्ति अभयकासाथ भुमिका निर्वाहा गरौँ।यसो भयौ भने माँत्र जनता उत्साही,आशावादी र प्रसन्न रहन सक्छन ।

यसरी सहि र उत्साहापुर्ण राजनैतिक वातावरणमा सम्यक आहार,सम्यक व्यायम,सुर्य स्नान,योग ,प्रणायाम र ध्यान तथा प्रसन्नता र आशावादिता सहित वताईएका ताता झोल पदार्थको सेवन आदिले जीवन रक्षामा अहम योगदान दिन सक्ने, जीवन रक्षा हुन सक्ने प्रवल सम्भावना रहने जानकारी प्रस्तुत गरेँ,आशा छ अपनाएर यसवाट सवैजना लाभान्वित हुनु हुने छ । धेरैको जीवन रक्षा हुने छ।यसरी सजिलै घरमा उपचार भएर पुर्ण निको भएका धेरै उदाहरणहरु भए भने सामान्यजनमा र सरकारको नेतृत्व गर्नेहरुमा आत्म विस्वाँसको वढोत्तरी हुने छ । सङ्क्रमणवाट वचावका उपाए त अति आवस्यक छन नै तर प्रतिउत्पादक प्रमाँणित भैसकेका लकडाउन हटाउन आत्मवल तथा आधार मिल्ने छ र मानिसको जीवन सामान्य हुने छ । लक डाउन हट्यौ भने गरिखानेहरुको जीवन निर्वाहामा सहजता आउने छ । सरकार र सम्वन्धित निकाएले अलि ठन्डा दिमागले व्यवहारिक वनेर मनन गरौ त कति मैना वा कति वर्ष लकडाउन गर्ने भनेर ?तसर्थ सरकार तथा त्यसका निकायहरुलाई यी विधिहरु अपनाउन र प्रभावकारी वँचाव गर्न तथा क्तबथ बबिचत माँत्र लागू गरेर माँपदण्ड उल्लङ्घन गरेमा जरिवाना लिने व्यवस्था सहित लकडाउन हटाएर गरिखान अवरोध नगर्न हार्दिक अपिल गर्दछु । तसर्थ यो उपाय धेरै भन्दा धेरैले थाहा पाउन र आफ्नो जीवन रक्षा गर्न समर्थ हुने वनाउन धेरैको विचमा पुग्न अत्यावस्यक छ । धेरैको विचमा पुराईदिन लोकहितमा जारी हार्दिक अपिल । भवतुःसव मंगलम।

लेखक – सुदीप गिरी
त्रि.वि.वि.मा उप–प्रध्यापक एवं मानव कल्याण हेतु अनुसन्धाता हुनुहुन्छ ।

२०७७ मंसिर ४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।