कोहलपुरमा विहीबार थप एकजना कोरोना संक्रमितको मृत्यु

|

कोहलपुर / नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा विहीबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तुर्माखाद गाउँपालिका ३ भैरवस्थान अछामका २५ बर्षका युवकको मृत्यु भएको हो ।

भीरबाट लडेर गम्भीर अवस्थामा रहेका उनलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । उनको थप उपचार गर्नु पहिले कोरोना परीक्षणका लागि कात्तिक २९ गते स्वाव निकालिएको थियो ।

त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई तत्काल कोभिड युनिटमा राखेर उपचार सुरु गरिएको थियो । तर विरामीको अवस्थामा सुधार नआएपछि उनको आज बेलुका ५ः १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४३ जना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।

२०७७ मंसिर ४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।