नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण

|

काठमाडौँ / नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१ जना,ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरंङ र झापाका २/२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । यस्तै मुलकभर क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ५५ हजार ८६८ रहेको छ । २४ घण्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । हालसम्म निको भएर घर फर्केनहरुको संख्या २ सय ७८ पुगेको छ । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाका एक गरी ९ जनाको मृत्यु भएको छ ।

२०७७ जेष्ठ २१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।