पार्टीभित्र विवाद मिलाउन मन्त्री पद त्याग्न तयार सरकारका प्रवक्ता गुरुङ

|

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टीभित्र विवाद मिलाउन आवश्यक परे आफू मन्त्री पद त्याग्न तयार रहेको जनाउनुभएको छ । पार्टीभित्रै प्रतिपक्ष खडा गरिएको र प्रतिक्रान्ति निम्त्याएको भन्दै त्यस्तो प्रस्ताव फिर्ता गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई आग्रह समेत गर्नुभएको छ ।
‘प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्ष खडा भएर नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन, प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं,’ मन्त्री गुरुङले भन्नुभएको छ । उहाँले सत्ता र शक्तिकै लागि पार्टी बिभाजनको तहसम्म पुगेको हो भने आफू मन्त्री पद त्याग्न तयार रहेको घोषणा समेत गर्नुभएको हो ।

सामाजिक सञ्जालमा यस्तो छ मन्त्री गुरुङको अपिल

२०७७ मंसिर २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।