
काठमाडौं । पछिल्लो २४ घन्टामा ५ सय २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ८ सय ७८ जना कोरोना मुक्त भएका छन् । तिहार पर्वका कारण परीक्षण कम भएपछि संख्या ह्वात्तै घटेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ५ सय २ जनासहित देशभर संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ७९ हजार २ सय ४२ जना कोरोना मुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४७ पुगेको छ ।