कन्चनपुरका ७४ वर्षिय कोरोना संक्रमित एकजना बिरामीको मृत्यु

|

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित एकजना बिरामीको मृत्यु भएको छ । भिमदत्त नगरपालिका-५ कन्चनपुरका ७४ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि कात्तिक २१ गते महाकाली अस्पतालमा उपचारका लागि गएका मृतक पुरुषमा कोरोना संक्रमणको आशंका गरि श्वाब लिईएको थियो ।

परीक्षणका लागि सेति अस्पताल पठाइएको नमुनाको रिर्पोट कात्तिक २३ गते पोजेटिभ आएपछि उनलाई कात्तिक २५ गतेसम्म महाकाली अस्पतालमै उपचार गरिएको थियो ।स्वास्थ्यमा सुधार नआएपछि कात्तिक २६ गते भेरी अस्पतालमा थप उपचारका लागि ल्याईएका उनको स्वास्थ्य अवस्था सामान्य हुन नसक्दा आज मंसिर १ गते सोमबार बिहान ६:३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक पुरुष लामो समयदेखि मधुमेह , उच्च रक्तचाप लगायतबाट समेत पिडित रहेको परीवारले जनाएको छ । योसँगै बाहिर जिल्लाबाट उपचारका लागि बाँकेमा आइ मृत्युहुनेहरुको संख्या ३८ पुगेको छ ।

२०७७ कार्तिक ३०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।