
काठमाण्डाै / साेमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव रहेकोले साेमबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । साेमबार राति पनि देशभर आंशिकदेखि सामान्य बादल लागेर सुदूरपश्चिम र कर्णाली, गण्डकी, वाग्मती र प्रदेश १ का केही ठाउँमा सामान्य पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।