काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेको बताउनु भएको छ ।