लुम्बिनी प्रदेशको बाल सहभागिता सम्वन्धि कार्यविधि २०७७ अन्तिम चरणमा

|

बुटवल / कन्सोर्टियम नेपालको सहजीकरणमा बाल सहभागिता सम्वन्धी कार्यविधि हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालयको नेतृत्वमा कन्सोर्टियम नेपाल र सिविन नेपालको प्राविधिक सहयोगमा उक्त कार्यविधि हस्तान्तरण गरिएको हो । लुम्बिनी प्रदेश बाल सहभागिता सम्वन्धि कार्यविधि २०७७ को अन्तिम मस्यौदा सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री सुदर्शन बरालको उपस्थितिमा हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयको महाशाखाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, प्रदेश स्तरीय बाल क्लब संजालका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रमको सहजीकरण कन्सोर्टियम नेपालको अध्यक्षता किरण थापाले गरेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री बरालले बाल सहभागिता सम्वन्धि कार्यविधिको मस्यौदालाई मन्त्रालयका सम्बन्धित व्यक्तिहरुसँगको सल्लाहमा छिट्टै अन्तिम रुप प्रदान गर्न सकारात्मक रहेको जानकारी गराउनुभयो । बालबालिकाको सहभागिताले नै बाल बालिकाको क्षमता अभिवृद्धि हुने, उनीहरुको अवस्थाको मुल्यांकन हुने र प्रदेशमा बाल सहभागिताको अधिकारलाई स्थापित गर्ने कुरामा कुनै पनि कसर बाँकी नराख्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा सिविन नेपालका कार्यक्रम निर्देशक कुमार भट्टराईले प्रस्तुत बाल सहभागितासम्वन्धि कार्यविधिले विगतमा प्रदेशमा भएका बाल सहभागिताका राम्रा अभ्यासहरुलाई निरन्तरता दिने र परिवर्तित सन्दर्भमा बाल सहभागिता प्रवद्र्धन गर्न प्रदेश सरकारको दायित्व सरोकारवाला निकायहरुको जिम्मेवारी के रहन्छ भनि सबैलाई सहजिकरण गर्न मद्दत गर्न सक्नेछ भनि विश्वास लिएका कुरामा पनि जोड दिए ।

२०७७ कार्तिक २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।