लैंगिक हिंसा तथा संरक्षण अभिबृद्धि तालिम कोहलपुरमा सम्पन्न

|

कोहलपुर /  लैंगिक हिंसा तथा संरक्षण सम्बन्धी एक दिने क्षमता अभिबृद्धि तालिम कोहलपुरमा सम्पन्न भएको छ । भेरी वातावरणीय विशिष्टता समुह(बि–ग्रुप)को आयोजना तथा केयर नेपालको आर्थिक सहयोगमा बाँकेमा सन्चालित कोभिड–१९ प्रतिकार्य तथा पुर्नःस्थापना कार्यक्रम अन्तर्गत कोहलपुर नगरस्तरीय लैगिक हिंसा तथा संरक्षण सम्बन्धी एक दिने तालिम सम्पन्न भएको हो ।

सो तालिममा कोहलपुर नगरपालिकाका मेलमिलापकर्ता, महिला सन्जालका पदाधिकारी, नगरपालिकाका महिला सन्जालका पदाधिकारी र कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । सो तालिमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोभिड–१९ ले विश्व नै आक्रान्त पारेको बेलामा सामाजिक संस्थाले धेरै नै सहयोग गरेको बताउनुभयो । उहाँले सामाजिक संस्थाले सरकारसंग समन्वय र सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड दिनुभयो।

सो क्षमता अभिबृद्धि तालिमको सहजीकरण बि–ग्रुपका कार्यक्रम संयोजक टेक बहादुर सुनार र लैंगिक तथा संरक्षण अधिकृत अमिषा धिमालले लैंगिक हिंसा भनेको के हो ? यस सम्बन्धि बनेका कानुनहरु र महिला अधिकार, सहभागिता र संरक्षणका बारेमा प्रशिक्षण दिएका थिए । सो तालिममा जम्मा ३० जनाको सहभागिता रहेको थियो । तालिममा मास्क र सेनिटाईजर र सामाजिक दुरी कायम गरि तालिम सन्चालन गरिएको छ ।

२०७७ कार्तिक २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।