
अमेरिकाको उत्तर क्यारोलाइनामा आएको बाढीको कारण ४ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन्। कम्तिमा ४ जनाको निधन भएको छ भने ३१ जनालाई उद्धार गरिएको छ ।
उत्तर क्यारोलाइनाको अलेकजेन्डर काउन्टीको भिषण बर्षाको कारण बाढी आएको जानकारी अधिकारीहरुले दिएका छन् ।
३ वटा शव दक्षिण याडकिन नदिको हिडेनाइट परिवारको प्राङ्गणमा ७ देखि १० इन्च सम्म भारी बर्षाको कारण ठूलो बाढी आएको जनाएका छन् ।
यसैगरी हिडेनाइट परिवारको प्राङ्गणबाट ३१ जनालाई उद्धार गरिएको छ भने अझ पनि वयस्क र बालबालिकालाई खोजी गरि रहेका छन् , पानी ज्यादा भएको कारणले ढोका खोल्न समस्या भएको छ ।
अलेकजेन्डर काउन्टीमा कम्तिमा पनि ४ वटा पुल बगाएका छन , जुन चार्लोट्सबाट उत्तरपश्चिम ५० माइल टाडा छ ।
काउन्टीले कम्तिमा १३ जनालाई सुरक्षित स्थानमा शरण दिएको छ । दक्षिण याडकिन नदी छेउमा राखिएको कार बर्षाको कारण पुरै डुबेको छ ।
श्रोत : सिएनएन