आज काग तिहार, धनतेरस पर्व पनि आजै मनाईंदै

|

काठमाडौं । हिन्दु नेपालीहरुले मनाउने दशैंपछिको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको आज दोस्रो दिन काग तिहार परेको छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक बिहीबारदेखि नै शुरु भएको हो।

यस वर्ष तिथिको घटबढका कारण हिजो साँझ कार्तिक कृष्ण त्रयोदशी परेकाले यमपञ्चक बिहीबार बेलुकीदेखि नै शुरु भएको हो। जसअनुसार कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाइँदै छ। यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चिज खान दिएर काग तिहार मनाउने प्रचलन् छ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज काग तिहार मनाइने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आज कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने धार्मिक मान्यता रहेको छ।

२०७७ कार्तिक २७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।