उपत्यकाको सुरक्षा व्यवस्थामा थप कड़ाई

|

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणको डरले दशैँ आसपासमा बजारमा कम मानिस देखिए पनि अहिले दशैँको तुलनामा चहलपहल बढेको देखिन्छ ।

दशैँको तुलनामा अहिले भीडभाड बढेसँगै सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ ।

दशैँअघिदेखि नै सुरु भएको एकीकृत सुरक्षा योजना बमोजिम तिहार नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अहिले सुरक्षा व्यवस्था थप मजबुत बनाउन जनशक्ति र चेक प्वाइन्टहरु थप्ने काम भएको महाशाखाका प्रमुख एवं एसएसपी भीम ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाण्डौ उपत्यकामा मात्रै ७४९ जना जनशक्ति थप गरिएको छ । यस्तै २० वटा चेक प्वाइन्ट थपिएसँगै चेक प्वाइन्टको संख्या ६६ पुगेको छ ।

यस्तै महाशाखाले सिभिलमा ८ वटा टोलीमा ३२ जना ट्राफिक प्रहरी परिचालन गरेको छ ।
सिभिलमा खटिएका ट्राफिक प्रहरीले यात्रु बनेर सार्वजनिक गाडीहरुले धेरै भाडा लिएको छ की छैन भनेर जाँच गर्ने र धेरै भाडा लिएको छ भने कारबाही गर्नै गरेको महाशाखाका प्रमुख ढकालले बताउनुभयो ।

यस्तै महाशाखाले जाँडरक्सी पिएको छ की छैन भनेर पनि जाँच गर्न सुरु गरेको छ ।
अहिले ट्राफिक प्रहरीले ४ सयदेखि ५ सय गाडीलाई सम्झाएर छाड्ने गरेको छ ।

यस्तै सांगीतिक डमी अभियान अन्तर्गत ट्राफिक प्रहरीले अहिलेसम्म ८ हजारभन्दा धेरैलाई जनचेतना दिएको जनाएको छ ।

२०७७ कार्तिक २६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।