बहराइनका प्रधानमन्त्री शेख खलीफा बिन सलमान अल खलीफाको निधन

|

प्रधानमन्त्री शेख खलीफा बिन सलमान अल खलीफाको मृत्यु भएको छ । शाही महलले बुधवार ट्विटरमार्फत ८४ वर्षीय प्रधानमन्त्री शेख खलीफाको मृत्यु भएको जानकारी गराएको हो ।

प्रधानमन्त्री शेख खलीफाको केही दिनयता संयुक्त राज्यको मेयो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो ।

बहराइन समाचार एजेन्सी (ब्यान्टर) ले उनलाई के उपचार गरिरहेको हो भन्ने बारेमा भने स्पष्ट नखुलाएको जनाएको छ।

बहराइनका राजाले शेख खलीफाको निधनमा एक हप्ता सम्म शोक अवधि घोषणा गर्दै र तीन दिनसम्म सबै सरकारी काम निलम्बन गर्न आदेश दिएको पनि समाचारमा उल्लेख छ ।

उनको शव बहराइन ल्याइने र कोरोनाभाइरसको अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै सिमित आफन्तहरूको उपस्थितिमा दाहसंस्कार गरिने बताइएको छ ।

२०७७ कार्तिक २६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।