परियोजना कर्मचारीहरुका लागी क्षमता बिकास तालिम सम्पन्न

|

बर्दिया / प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय कर्णाली प्रदे्रश र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि संचालित प्रत्याभुत संचार परियोजना अन्तरर्गत परियोजनाका कर्मचारीहरुलाई २ दिने क्षमता अभिवृद्घि तालिम गुलरियामा सम्पन्न गरिएको छ । उक्त तालिममा परियोजनाको लक्ष्य,उदेश्य,यसको कार्यनितिर, णनिति तथा आगामी दिनमा कसरी गुणस्तरिय तरिकाले परियोजना संचालन गर्ने सन्दर्भमा परियोजनाको कार्ययोजना र परियोजना संचालनका क्रममा आउन सक्ने समस्या र जोखिम न्यनिकरणका उपायहरु बारे छलफल गरिएको थियो र प्लान इन्टरनेशनल नेपालका सहयोगी बालक बालिका एवम सहयोगी दाता बिचको सुमधुर सम्बन्ध कायम गर्नका लागी उत्पादन गरिने बिभिन्न प्रकारका कागजपत्रहरुको सहि तरिकाले अभिलेखिकरण तथा समुदायमा उत्पादन हूने SCI/SCU  र अन्य सुचनाहरुको गुणस्तरीयताका बिषयमा समेत छलफल र अभिमुखिकरण गरिएको थियो ।

तलिमको समापन सत्रमा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले प्लान इन्टरनेशनल नेपालको प्रायोजित संचार कार्यक्रम मुटुको रुपमा रहेको र यसले सहयोगी दाता र सहयोगी बालबालीकाहरुसंगको सुमधुर सम्बन्ध कायम गर्न र सहयोगी दाताहरुले दिने सहयोगबाट बाँके बर्दिया जिल्लाका बिभिन्न पालीकाहरुका बिभिन्न समुदायहरुको बिकासमा टेवा पुगिरहेको र यसको प्रभावकारीता र गुणस्तरिय कागजजात निर्माणका लागी हामी सबैको महत्वपुर्ण जिम्मेवारी रहेको छ साथै यस तालिमले कर्मचारिहरुको क्षमता बिकासमा थप पुग्नुका साथै आगामी दीनमा समुदाय स्तरवाट उत्पादनहुने कागजपत्रको गुणस्तर बृद्धि हुने आशाका साथै समयमा योजना गरियका क्रियाकलापहरु सम्पन्न हुने बताउनु भयो ।

तालिममा परियोजनामा भएका करिब १० जना कर्मचारिहरु र कार्य समितिका पदाधिकारीहरु गरि जम्मा १५ जनाको सक्रिय सहभागीता रहेको थियिो । तालीम गुलरिया नगरपालीकामा सोमवार देखीशुरु भइ र मंगलवार सम्पन्न गरिएको छ । २ दिने तालिमको सहजीकरण सहजकर्ता स्नेहलता श्रेष्ठले गर्नु भएको थियो । तालिममा सहभागीहरुमा कोरानो भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुनपानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका सिनियर कार्यक्रम अधिकृत शेषकान्त शर्माले जानकारी दिए ।

२०७७ कार्तिक २५, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।