हामीले हाम्रा र भावी पिढीको लागि सपना देख्न डराउनु हुदैन -ह्यारी भण्डारी

|

नोभेम्वर ८, २०२०

प्रेस बिज्ञप्ति

आदरणीय नेप्लीज अमेरिकन दिदीवहिनी तथा दाजुभाईहरु..
अमेरिकाको राजनीतिमा डेमोक्रयाट पार्टीको तर्फवाट राष्ट्रपतीको उमेदवार वन्नुभएका जो वाईडनले ४६ औ राष्ट्रपतिको रुपमा विजयी हुनुभएको छ, यो विजय एउटा ऐतिहासिक विजय हो, उहाँलाई हार्दिक वधाई ।

अमेरिकाको यो विशाल अवसरको भूमिमा तपाई हामी एउटा सपना वोकेर बाचेका छौ । हामीले हाम्रा लागि र भावी पिढीको लागि तय गरेको एउटा लामो कोर्समा सपना देख्न डराउनु हुदैन ।

हामी अहिले एउटा ऐतिहासिक मोडमा उभिएका छौं । यो ऐतिहासिक दिनलाई भोग्न तपाई हामी र हाम्रो पुस्ताले पाएको छ ।

गत नोभेम्वर ३ तारिखको दिन सम्पन्न निर्वाचनमा अमेरिकी जनताले जो वाईडेन जस्तो अनुभवी र राजनीतिमा पारंगत हासिल गरेको व्यक्तिलाई राष्ट्रपतिको लागि निर्वाचित हुनु आफैमा धेरै महत्वपूर्ण काम हो ।

त्यसमा हामी पनि संलग्न भएर यो प्रक्रियामा सहभागिता जनाएको विषयमा हजुरहरु जानकार नै हुनुहुन्छ।

यसै सिलसिलामा हामीहरुले नेप्लीज फर वाईडेन अभियान सञ्चालन गरेर अमेरिकाको मूलधारको राजनीतिमा हामी नेप्लीज अमेरिकनहरुको उपस्थिती जनाउन सफल भएका छौं ।
हामीहरुको चासो र सम्वन्ध भएका कतिपय विषयहरु सम्बोधन हुदैजादा हाम्रो सहभागीता र प्रयासलाई समेत आत्मसात गरिएको महसुस गर्नेछौं ।

हामीहरुको चासो र विषयहरुलाई सहजीकरण गर्न संघीय सरकारमा प्रतिनिधीत्व गर्नुहुने निर्वाचित प्रतिनिधीहरु समक्ष म व्यक्तिगत रुपमा र सामूहिक रुपमा हामि सगै क्रियाशील रहने नै छौं ।

अमेरिकाको मूलधारको राजनीतिमा समाहित भएर क्रियाशील हुनु भएका सम्पूर्ण व्यक्तित्वहरु , नेप्लीज फर वाईडेनको अभियानमा ऐक्यवद्धता जाहेर गरेर सक्रिय सहभागीता जनाउनु भएका स्वयंसेवी समूह, अमेरिकामा रहनुभएका सम्पूर्ण नेप्लीज अमेरिकनहरुलाई हाम्रो अभियानमा साथ र सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

तपाई हामीले आफना भावी सन्ततिलाई राजनीतिक चेतनाको विकास गर्न यो अभियानले सहयोगी भूमिका समेत निर्वाह गरेको हामीहरुले महसुस गरेका छौं ।

आगामी दिनमा हामी सदैव अमेरिकाको मूलधारको राजनीतिमा नेप्लीज अमेरिकको एजेण्डा,चासोलाई यहाँहरुसँग हातेमालो गर्दे अगाडि वढने नै छौं ।

अन्तिममा पुन विजयी राष्ट्रपति र उपराष्ट्रपतिलाई हार्दिक वधाई दिदै उहाँहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छौं ।

ह्यारी भण्डारी
डेलिगेट मेरिल्याण्ड जनरल एसेम्वली/ संयोजक नेप्लीज फर जो वाईडन अभियान
nepaleseforbiden@gmail.com

 

२०७७ कार्तिक २४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।