उपचारका क्रममा मृत्यु भएका बर्दियाका २९ बर्षिय युवकमा कोरोना संक्रमण पुष्टि

|

कोहलपुर / नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका बर्दियाका २९ बर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–२ का ती पुरुषको उपचारका क्रममा सोमवार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि ती पुरुषलाई कात्तिक २३ गते अस्पताल लगिएको थियो । कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको आज विहान नमूना संकलन गरिएको थियो ।

तर रिपोर्ट नआउँदै उनको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनको आज साँझ ६ बजेमात्र रिपोर्ट कोरोना पोजेटिभ आएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाको मृतक संख्या ३० पुगेको छ ।

२०७७ कार्तिक २४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।